रेफ्रि भण्डारी ढाँणथपाला युवा क्लबका खोलाडिबाट कुटिए – Karnali News

रेफ्रि भण्डारी ढाँणथपाला युवा क्लबका खोलाडिबाट कुटिए

 १२ आश्विन २०७८, मंगलवार १७:५२  

नौरते नेपाली र कालीवहादुर परियार, असोज ११ जुम्ला

एन्फा जिल्ला लिगको उपाधी योङ्ग स्टार फुटबल क्लब जितेको छ । मंगलबार भएको फाइनलमा योङ्ग स्टार फुटबल क्लबले ढाँणथपला युवा क्लबलाई पराजित गर्दै उपाधी जितेको हो । योङ्ग स्टार फुटबल क्लबले ढाँणथपला युवा क्लबलाई ६ का विरुद्ध २ गोलको फराकिलो अन्तरले हराएको हो । फाइनल खेलको पहिलो हाफ २÷२ गोलको बराबरीमा सकिएको थियो ।

तर दोश्रो हाफमा योङ्ग स्टारले ४ गोल थप्दा ढाँणथपलाले कुनै गोल गर्न नसक्दा योङ्ग स्टार फुटबल क्लबले उपाधी जितेको हो । फाइनल खेलको २८ मिनेटमा योङ्ग स्टारका क्याप्टेन केशव हमालले बिचबाट हानेको बलले गोल भएको थियो । यस्तै, ३४ मिनेटमा रुबेन भण्डारीले टिमको लागि दोश्रो गोल गर्नु भयो ।

भने त्यसको ३ मिनेट पछि ढाँणथपला यूवा क्लवका चक्र लामाले पहिलो गोल गर्दा ४० मिनेटमा अविशेक बुढ्थापाले अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याउनु भएको थियो । त्यस्तै, दोश्रो हाफमा योङ्ग स्टारले चार गोल थप्यो भने । दोश्रो हाफमा रुबेन भण्डारीले दुई गोल थप्दा कृष्ण राई र विनोद बस्नेतले १÷१ गोल थप्नु भयो ।

यता ढाँणथपला युवा क्लबका दुई जना खेलाडीले रातो कार्ड खादै बाहिरिदा टिम सात खेलाडीमा सिमित रहेको थियो । अविशेक बुढ्थापाले पहेलो दुई कार्ड खादै बाहिरिनु भयो भने नवीन बुढ्थापाले सोझै रातो कार्ड पाएर खेलबाट बाहिरिनु भएको थियो । असोज एक गतेदेखि सुरु भएको एन्फा जिल्ला लिग आज सकिएको हो ।

यस प्रतियोगिताका उत्कृष्ट खेलाडी र उच्च गोलकर्ताको उपाधी पनि योङ्ग स्टारका रुबेन भण्डारीले ट्रफी पाउनु भएको छ । उत्कृष्ट गोलकिपर ढाँणथपलाका गोल रक्षक अमृत रोकायाले जित्दा, उत्कृष्ट डिफेन्डर योङ्ग स्टारका क्याप्टेन केशव हमाल चुनिनु भएको छ । लिगका विजेता योङ्ग स्टार क्लबले उपाधी सहित प्रदेश लिग तयारीको लागि नगद बीस हजार प्राप्त गर्न सफल भयो भने उपविजेता ढाँणथपला युवा क्लबले दस हजार नगद प्राप्त गरेको छ ।

यस्तै, खेल सकिए लगतै ढाँणथपला युवा क्लबका केही खेलाडीले मुख्य रेफ्री टंक भण्डारी माथी आक्रमण हुदा घाईते हुनु भएको छ । ढाँणथपला यूवा क्लवका खेलाडिले मुख्य रेफ्री भण्डारी माथी आक्रमण गर्दा घाईते हुनु भएको हो । खेल सकिए पछि ढाँणथपला यूवा क्लव जर्सि नम्वर १० का खेलाडी नविन बुढ्थापा र उहाँका दाई हर्स बुढ्थापाले मुख्य रेफ्री भण्डारीलाई आक्रमण गर्दा घाईते हुनु भएको हो ।

खेलमा भएको झडपलाई जुम्ला जिल्ला फुटबल संघको बैठक बसेर उक्त खेलाडीहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने जनाएको छ । खेलमैदान भित्र खेलाडिबाट फ्रेरी माथि हातपात हुँदा समेत आयोजक एन्फा र प्रहरी मुखदर्शक बनेको स्थानीयको आरोप छ । जुम्लामा फुटबल प्रतियोगिता भएपनि सहज हिसाबले खेल भएको इतिहास छैन् ।

जहिले पनि झगडा हुने र फुटबल प्रतियोगिता विवाद गर्ने थलोको रुपमा विकास भएको छ । जुम्ला जिल्ला फुटबल संघले रेफ्रि टंक भण्डारी माथि खेल अनुसशान विपरित हातपात गरेको हुँदा ढाँणथपला युवा क्लबलाई ३ वर्ष फुटबल प्रतियोगितामा भाग लिन नपाउने निर्णय गरेको छ । उक्त क्लबका खेलाडि नविन बुढथापा, हर्ष बुढथापा, ज्ञानी खत्री र अविषेक बुढथापालाई ६ वर्षको लागि जुम्ला जिल्ला फुटबल संघले आयोजना गरेको कुनै पनि खेलमा सहभागि हुन नपाउने निर्णय गरेको एन्फाका अध्यक्ष भरतवहादुर बुढथापाले बताउनु भयो ।

घाइते रेफ्रि भण्डारीलाइ जुम्ला जिल्ला फुटबल संघले उपचारको लागि काठमाण्डौँ पठाउने निर्णय गरेको छ । यसैबिच,, रेफ्रि माथि भएको कुटपिटलाई लिएर नौमुली युवा क्लवले विज्ञप्ति जारी गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) जुम्लाको आयोजनामा संचालन गरिएको फुटबलमा रेफ्रि टंक भण्डारी माथि हातपात र कुटपिट भएको भन्दै नौमुले युवा क्लबका अध्यक्ष खड्क भण्डारीद्धारा हस्ताक्षर गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।

भण्डारीका अनुसार खेल भैरहेका क्रममा ढाड्थपला युवा क्लबका खेलाडीहरुले रेफ्रि भण्डारीलाई हातपात गर्नु अनुशासनहिन्ताको प्रकाष्ट भएको बताउनु भयो । खेलाडीहरुले रेफ्रि माथि हातपात गर्दा भण्डारी गम्भिर घाइते हुनुका साथै नजिकै रहेका दर्शकहरुलाई पनि चोट लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ खेल मैदान भित्रै आपत्तिजनक घटना घट्दा पनि एन्फा मुखदर्शक बनेर आरोप लगाईएको छ । घाइतेको सिघ्र स्वास्थ्यलापको कामना गर्दै सार्वजनिक क्षेत्रमा खेल संचालन भएको बेला रेफ्रि माथि भएको हातपात जस्तो दण्डनिय कार्यमा एन्फाका पदाधिकारी मौन रहेकोमा विज्ञप्ति मार्फत ध्यानकर्षण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

रेफ्रि माथि हातपात गरि खेलको मर्यादा माथि अमानविय व्यबहार प्रदर्शन गर्दा पनि एन्फा पदाधिकारीहरु मौन रहनु दुः खद कुरा भएको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा लेखिएको छ उक्त घटनासंग सम्बन्धित यूवा क्लब र खेलाडीहरुलाई कडा भन्दा कडा कारबाही गर्न अनुरोध गरिएको । घाइतेको सम्पूर्ण उपचार खर्च आयोजक एन्फा जुम्लाले व्यवस्था गर्नु पर्ने कुरा सोहि विज्ञप्तिमा उल्लेख गरिएको अध्यक्ष खड्क भण्डारीले जानकारी दिनुभयो ।