
नौरते नेपाली, असोज ११ जुम्ला
विवादका कारण रोकिएको जुम्लामा एन्फा जिल्ला लिगको सेमिफाइनलको पहिलो खेलमा ढाँणथपला युवा क्लब विजयी भएको छ । ९० मिनेटको निर्धारित समयमा ढाँणथपाला र लेकालिका युवा क्लबको २÷२ गोल बराबरी भएपछि पेनाल्टि सुटआउटमा ढाँणथपला युवा क्लब विजयी भएको हो ।
पेनाल्टि सुटआउनमा ३ का विरुद्ध ५ गोल गर्दे ढाँणथपालले लेकाली युवा क्लबलाई पराजित गरेको हो । पहिलो खेलमा पेनाल्टि सुटआउटमा २ गोल रोक्न सफल भएको भन्दै आयोजक ढाँणथपाला युवा क्लबका गोलकिपर अमृत रोकायालाई म्यानआफदि म्याच घोषणा गरेको एन्फा जम्लाका महासचिव भरतवहादुर खत्रीले जानकारी गराउनु भयो ।
कडा सुरक्षा बिच नेपाली सेनाको खेलमैदान टुडिखेलमा फुटबल प्रतियोगिता भएको थियो । दोस्रो खेल योङ्स्टार यूवा क्लब र फोइकालिका यूवा क्लब बीच हुने छ । सोमबार हुने दुई वटा सेमिफाइनल खेलबाट विजेता टोली असोज १२ गते हुने एन्फा जिल्ला लिगको उपाधीका लागि फाईनलमा भिड्ने अध्यक्ष भरतवहादुर बुढ्थापाले बताउनु भयो ।