जुम्ला बहुमुखि क्याम्पसमा ताला बन्दि – Karnali News

जुम्ला बहुमुखि क्याम्पसमा ताला बन्दि

 १० आश्विन २०७८, आईतवार १२:३६  

नौरते नेपाली, असोज १० जुम्ला
जुम्ला बहुमुखि क्याम्पस जुम्लामा विद्यार्थीले अनिश्चितका लागि ताला बन्दि गरेका छन् । अनेरास्ववियु अखिल क्रान्तिकारी, अनेरास्ववियु नेकपा एमाले, नेकपा एकिकृत समाजवादि र नेविसंघ लगायत चारवटा संघगठनले क्याम्पसमा तालबान्दि गरेका हुन् । जुम्लामै परिक्षा केन्द्र कायम हुनु पर्ने उनिहरुको माग रहेको छ ।

एमएड तह दोस्रो वर्षको परिक्षा केन्द्र सुर्खेतमा कायम गरिएको भन्दै उनिहरुले विरोध जनाएका हुन् । जुम्लामा परिक्षा केन्द्र हुने शर्तमा परिक्षा फार्म भरेका विद्यार्थीलाई परिक्षाको मुखमा सुर्खेतमा केन्द्र कायम गरिको विषयमा विद्यार्थी आन्दोलनमा उत्रेका हुन् । जुम्ला बहुमुखि क्याम्पस प्रशासनको लापरबाही र संघियता विपरित शिक्षा क्याम्पस सुर्खेतमा परिक्षा केन्द्र कायम गरेकोप्रति विद्यार्थी संगठनले भत्र्सना गरेका छन् ।

जुम्ला बहुमुखि क्याम्पसको प्रशासन देखि कक्षा कोठा र मुख्य गेटमा समेत तालबान्दि गरिएको अनेरास्ववियु जिल्ला कमिति जुम्लाका सदस्य तपेन्द्र खत्रीले बताउनु भयो । विगत लामो समयदेखि क्याम्पसमा सबै परिक्षा भइरहेको र हालको एमएड तह दोस्रो वर्षको परिक्षालाई संघियता विपरित खोसेर सुर्खेतमा कायम गरिनु विद्यार्थी माथि अन्याय भएको खत्रीले बताउनु भयो ।

विकेन्द्रिकरणको मर्मविपरित विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी, भौगोलिक विकटता, वर्षातको समयमा सडक अवरुद्ध, सूचनाको समयवधि कम, सरकारको होमसेन्टर विपरित परिक्षा केन्द्र काम गरिएको भन्दै विद्यार्थी आन्दोलित भएको नेविसंघका महेश हमालले बताउनु भयो ।

शिक्षा क्याम्पस सुर्खेतमा असोज ११ गते अर्थात सोमरबाट हुने एमएड तह दोस्रो वर्षका १२ जना विद्यार्थीले परिक्षामा सहभागि नहुने निर्णय गरि सकेका छन् । जुम्लामा परिक्षा केन्द्र हुने शर्तमा परिक्षा फार्म भरेका विद्यार्थी अन्तमा सुर्खेतमा कायम गरेपछि परिक्षामा सहभागि नहुने उनिहरुले बताएका हुन् ।

जुम्ला बहुमुखि क्याम्पस जुम्लाले सुर्खेतमा परिक्षा हुने सूचना असोज ७ गते मात्रै जारी गरेको थियो । सूचना छोटो समयमा जारी भएकाले परिक्षा दिन सुर्खेतसम्म जान सकिने अवस्था नरहेको विद्यार्थी पुष्पा थापाले बताउनु भयो । जुम्लामा कायम हुनु पर्ने परिक्षा केन्द्र सुर्खेतमा राखिएको हुनाले आर्थिक भार थपिएको उहाँको भनाइ छ ।

परिक्षा फार्म भर्दा जुम्लामा परिक्षा केन्द्र हुने भनिए पनि अन्तिममा परिक्षा केन्द्र सुर्खेत कामय गर्नु विद्यार्थीको भविष्य माथि खेलवाड भएको उहाँको भनाइ । परिक्षा केन्द्र सारिएको विषयमा आफुहरुलाई मान्य नभएको थापाले बताउनु भयो । एमएड तह दोस्रो वर्षका १२ जना विद्यार्थीको परिक्षा केन्द्र जुम्लामै राखिनु पर्ने थापाको भनाइ छ ।

बर्खाको समयमा सुर्खेतसम्म गएर परिक्षा दिनको लागि सडकको अवस्था नाजुक भएको हुनाले गाडीबाट गएर परिक्षा दिन गाह्रो हुने अर्का विद्यार्थी लक्ष्मी परियारको भनाइ छ । क्याम्पसले विद्यार्थीको भविष्य माथि कुठाराघात गरेको उहाँले जानकारी गराउनु भयो । यता जुम्ला बहुमुखि क्याम्पस जुम्लाका क्याम्पस प्रमुख डाक्टर ओमप्रकाश आचार्यले परिक्षा नियन्त्रक कार्यालय जुम्लाको वास्तविक अवस्थाका बारेमा जानकारी गराएको बताउनु भयो ।

परिक्षा नियन्त्रयक कार्यालयले परिक्षा केन्द्र तय गर्ने भएकाले यसमा आफ्नो कुनै हात नरहेको उहाँको भनाइ छ । आंशिक विद्यार्थीको संख्या जुम्लामा कम भएकाले त्रिभुवन विश्वविद्यालयले सुर्खेतमा परिक्षा केन्द्र तोकेको उहाँले बताउनु भयो । विद्यार्थी संख्या कम भएकाले सबै ठाउँमा केन्द्र दिन नसकिने भन्दै केन्द्रको निर्णय अनुसार परिक्षा केन्द्र सुर्खेतमा कायम भएको आचार्यको भनाइ छ ।

परिक्षा केन्द्र सुर्खेत बाँहेक अन्य ठाउँमा राख्न नसकिने कुरा त्रिभुवन विश्वविद्यालयले क्याम्पसलाई परिपत्र गरि सकेको उहाँले बताउनु भयो । क्याम्पसमा तालाबन्दि हुदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रममा पनि प्रभाव परेको छ । क्याम्पसका भवनमा बिएमएस, बिपिएस, एचए र स्टाफनर्सका कक्षाहरुमा प्रभाव परेको प्रतिष्ठान शैक्षिक प्रशासनका कार्यालय सचिव धनवहादुर शाहीले बताउनु भयो ।

विहानको सिफ्टमा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी पढ्ने गरेका छन भने दिउसोको समयमा कासका विद्यार्थी पढ्ने गरेका छन् । विद्यार्थीले लगाएको तालबन्दिले प्रतिष्ठानका विभिन्न शैक्षिक कार्यक्रमको भर्ना कार्यक्रमलाई पनि प्रभाव गर्ने शाहीको भनाइ छ । असोज महिनाको १५ गते हुने एचएको इन्टनल परिक्षालाई समेत प्रभाव परेको उहाँले बताउनु भयो । क्याम्पासमा तालाबन्दि भएको विषयमा जिल्ला प्रशासन कार्यालय जुम्लामा छलफल भइरहेको छ ।