संविधान दिवसमा दुईजना कैदिलाई आममाफी – Karnali News

संविधान दिवसमा दुईजना कैदिलाई आममाफी

 ३ आश्विन २०७८, आईतवार १६:५२  

एनिसा हमाल, असोज ३ जुम्ला
संविधान दिवसको अवसरमा जुम्लाका दुईजना कैदिबन्दिले आम माफी पाएका छन् । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका दुईजना कैदिले आम माफी पाएको जिल्ला कारागार जुम्लाले जनाएको छ । कर्तव्य ज्यान मुद्दामा विगत दश वर्ष देखि जेल सजाय भोगि रहनुभएका दैलेखका भक्त कँडेल र पाँच वर्ष देखि सजाय भोगिरहनु भएका मुगुका पूर्ण बहादुर रावललाई भुक्तान हुन बाँकी कैद कट्टाएर आम माफी दिईएको जिल्ला कारागार जुम्लाका जेलर गया प्रसाद पाण्डेले बताउनु भयो ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ सय ३१ जना कैदिलाई माफी दिने घोषणा गर्नु भएको थियो । सोहि अनुसार जुम्लाका दुईजना कैदिले माफी पाएका हुन् । उहाँहरुले सजाय पाउनु पर्ने २० वर्ष भएपनि नेपालको संविधानको धारा २ सय ७६ बमोजिम उहाँहरुलाई माफी दिईएको हो ।

जुम्ला कारागारमा जम्मा १ सय २० जना कैदीवन्दी मध्ये दुई जनाले कैद सजाय मिनाहा भएर छुटेपछि एक जना महिला सहित १ सय १८ जना रहेका पाण्डेको भनाइ छ । तिमध्ये ६० जना कैदी र ५८ जना बन्दी रहेका छन् ।