तिलामा विपद् प्रतिकार्यका लागि सामाग्री हस्तान्तरण – Karnali News

तिलामा विपद् प्रतिकार्यका लागि सामाग्री हस्तान्तरण

 १२ भाद्र २०७८, शनिबार १७:११  

एनिसा हमाल, भाद्र १२ जुम्ला
तिला गाउँपालिका जुम्लाका चार वटा वडालाइ विपद् प्रतिकार्यका लागि सामाग्री हस्तान्तरण गरिएको छ । वल्र्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा संचालित पोषण तथा उत्थानशिल जिविकोपार्जन कार्यक्रम अन्तर्गत स्थानीय विपद् व्यवस्थापन समितिलाइ सामाग्री हस्तान्तरण गरिएको हो ।

तिलाका ६, ७, ८ र ९ वडाका विपद् व्यवस्थापन समितिलाइ १३ प्रकारका विपद् प्रतिकार्य सामाग्री हस्तानतरण गरेको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिनुभयो । जसमा प्रति वडा २ वटा त्रिपाल, २ वटा प्राथामिक उपचारका लागि मेडिकल किट, २ वटा इस्ट्रेचर, ५० मिटरको स्टयाटिक डोरी, २ वटा लाइफ ज्याकेट, २ वटा रेनकोट, २ वटा हेड लाइट, २ वटा टर्च लाइट, ५ वटा सिटि, २ वटा क्यारावाइनर, १ वटा हेन्ड माइक, २ वटा हेल्मेट र २ जोड रेनबुट दिएको शाहीले जानकारी गराउनु भयो ।

चार वटै वडाका वडाध्यक्षलाइ सोही सामान हस्तान्तरण गरिएको हो । विपद् जति बेला पनि आउन सक्ने भएकाले विपद् प्रतिकार्यसँग सामान गर्नका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको उहाँले बताउनु भयो । शाहीका अनुसार एउटा वडामा ८४ हजार ९ सय ८७ रुपैया ३० पैसाको सामाग्री हस्तान्तरण गरिएको बताउनु भयो ।

चार वटा वडामा गरेर जम्मा ३ लाख ३९ हजार ९ सय ४ रुपैया ९२ पैसा बराबरको सामाग्री हस्तान्तरण गरिएको उहाँले बताउनु भयो । विपद्को लागि भनेर दिइएको सामान विपद्को घटना बाहेक अन्य बेला प्रयोग नर्गन शाहिको सुझाब छ । हेर्दा सानो देखिए पनि यो सामानले ठुलो विपद्बाट बचाउन सहयोग गर्ने उहाँले बताउनु भयो ।

सोही कार्यक्रमा २०२१ को राहात वितरण कार्यक्रम अन्तिम चरणमा पुगेको बताउदै शाहीले वडाध्यक्षबाट केहि सल्ला, सुझाब र प्रतिक्रिया पनि माग्नु थियो । सामान बुझ्न आउनु भएका वडा नम्बर ९ का वडाध्यक्ष शेर वहादुर बोहोराले विपद् प्रतिकार्यको लागि सामान दिएकोमा किर्डाकलाइ धन्यबाद दिदै सोहि सामाग्रीको सदुपयोग गर्न तालिमको पनि आवश्यक रहेको उहाँले बताउनु भयो ।

सबैले यस्तो सामान प्रयोग गर्न नसक्ने भन्दै दक्ष जनशक्ति पनि भइदिए राम्रो हुने वडाध्यक्ष बोहोराले बताउनु भयो । यस्तै तिला ८ का वडाध्यक्ष सन्तबिर रावतले पनि पिछडिएका गाउँवस्तिमा पुगेर किर्डाकले गरेको काम उल्लेखिनिय रहेको बताउदै किर्डाक प्रति खुसि व्यक्त गर्नुभयो । गाउँपलिका, वडा र संघ संस्थाले एउटै प्रकारका योजना ल्याउदा त्यति प्रभावकारी नहुने भन्दै किर्डाकले पनि योजना र बजेट ल्याउँदा गाउँपालिका र वडासंग समन्वय गरे राम्रो हुने उहाँको सुझाब थियो ।

वडा नम्बर ७ का वडाध्यक्ष हस्तावहादुर बुढाले पनि विगत २० वर्ष अघि देखि अहिले सम किर्डाकले रोड खन्ने देखि राहात वितरणका विभिन्न जनमुखि कार्यक्रमलाइ निरन्तरता दिएकोमा किर्डाकले तिला जस्तो विकट गाउँमा आएर गरेको काम प्रशंसा गर्न योग्य रहेको बताउनु भयो । विपद्को सामानको सहि सदुपयोग गर्ने पनि उहाँले बचन दिनुभयो ।

किर्डाकले तिलाका विकट बस्तिमा गरेको काम र दिएको साथ सहयोग र समन्वय सधैँ यस्तै रहने अपेक्षा गरिएको वडा नम्बर ६ का वडाध्यक्ष भक्त बहादुर रोकायाले बताउनु भयो । रारा प्रहरी चौकिका सहि झुपेन्द्र शाहीले विपद्को बेला गाउँमा जाँदा विपद् प्रतिकार्यको सामान नहुनाले समस्या हुने गरेकोमा यो सामानले अब राहात हुने बताउनु भयो । स्थानीय सरकारले नगरेको सहयोग किर्डाकले गरेकोमा उहाँले किर्डाक प्रति खुसि व्यक्त गर्नुभयो ।