प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण – Karnali News

प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

 ९ भाद्र २०७८, बुधबार ०७:३४  

नौरते नेपाली, भाद्र ९ जुम्ला
कोरोनाको तेस्रो लहरबाट सुरक्षित रहन किर्डाक नेपालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । तेस्रो लहरको प्रतिकार्य तथा पूर्व तयारीका बारेमा सहयोग गर्नको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । कर्णाली प्रदेशका १५ वटा स्वास्थ्य संस्थालाई सामाग्री हस्तान्तरण किर्डाक नेपाल सुर्खेतका वास परियोजनाका इन्जिनियर लिलाराज न्यौपानेले बताउनु भयो ।

उहाँका अनुसार तेस्रो लहको कोरोना फैलिनु पहिले उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सफाईकर्मीको सुरक्षाका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताउनु भयो । न्यौपानेका अनुसार थ्री बिन बायोमेट्रिक डसबिन ३ वटा, निर्मलीकरण गर्ने क्लोरीन झोल ४० गेलेन, हातधुने साबुन १ सय पिस, झोल साबुन ३० पिस, हरपिक १६ पिस, पुन प्रयोग गर्न मिल्ने पिपिसेट ४ वटा, ग्लोब ४ सेट, अनुहार छोप्ने हेडर फेसिल ४ सेट र इलेक्ट्रोनिक जग ५ सेट प्रतिष्ठानलाई हस्तान्तरण गरिएको जानकारी गराउनु भयो ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमवहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार विपद्का क्षेत्रमा किर्डाक काम गर्दै आएकाले कोरोनाको तेस्रो लहरबाट सुरक्षित गराउन स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताउनु भयो ।

प्रतिष्ठानका स्वास्थ्यकर्मी कोरोनाका विरामीसँग प्रत्यक्ष जोडिने भएकाले सुरक्षित रहनको लागि स्वास्थ्य सामाग्री वितरण गरिएको शाहीको भनाइ छ । यता स्वास्थ्य सामाग्री बुझ्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार नृपेन्द्र महतले तेस्रो लहरको कोरोनाबाट बच्नको लागि किर्डाक नेपालले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले सहयोग गर्ने बताउनु भयो ।

उहाँका अनुसार प्रतिष्ठानमा रहेका स्वास्थ्यकर्मी र सफाईकर्मीका लागि उक्त सामाग्रीले सुरक्षित रहन सहयोग गर्ने प्रतिक्रिया दिनुभयो । महतका अनुसार कोरोनाको तेस्रो लहरबाट सबै नागरिक सचेत हुनु पर्ने बताउनु भयो । तेस्रो लहरबाट ससाना बालबालिका संक्रमित हुन सक्ने भन्दै उहाँले सचेत रहन सबैलाई आग्रह गर्नु भएको हो । सहयोगि निकायले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले कोरोना रोकथाममा सहयोग पुग्ने रजिष्ट्रार महतको भनाइ छ ।