
एनिशा हमाल, साउन २९ जुम्ला
जुम्लाको एक टोलि पुजाको लागि शुक्रबारका दिन बडिमालिका तर्फ प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा विष्णुवमहादुर महतको नेतृत्वमा टोली बडिमालिका तर्फ प्रस्थान गरेको हो । तत्कालिन जुम्ला राज्य र डोटी राज्यद्धारा संयुक्त रुपमा पुजा गर्ने प्रचलन अनुसार जुम्लाबाट पुजाआजाको डोली लिएर टोली बडिमालिका तर्फ गएको हो ।
महतको नेतृत्वमा ५ जनाको टोली र भक्तालुहरु बडिमालिका तर्फ प्रस्थान गरेका हुन । बडिमालिकामा टोली प्रस्थान गर्नु पूर्व जिल्ला प्रशासन कार्यालय अगाडी रहेको दरवार मालिकाको पुजाआज गरिएको थियो । वडिमालिका माईको मन्दिरमा पुजाआजा गरेपछि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीद्धारा सलामी अर्पण गरिएको थियो ।
नाग पञ्चिमीका दिनमा वडिमालिका तर्फ प्रस्थान गर्ने परम्परा अनुसार जुम्लाको टोलि त्यस तर्फ प्रस्थान गरेको संस्कृति सम्वन्धी जानकार रमानन्द आचार्यले बताउनु भयो । बिहीबार प्रस्थान गरेको टोली १६ दिनको पैदल यात्रापछि बडिमालिकामा पुगेर पुजा आजा गरेर खलंगामै फर्कने चलन रहेको उहाँले बताउनु भयो ।
परम्परा देखि अञ्चलाधिस कार्यालयको माताहातमा चालिआएको पुजाआजा कार्यक्रम अहिले जिल्ला प्रशासन कार्यालयको माताहातमा चल्दै आएको छ । जुम्लाका भक्तजनका अनुसार बढिमालिका माईको पुजा आजा गरे मनको ईच्छा पुरा हुने धार्मिक विश्वास रहि आएको छ । शुक्रबार विहान बडिमालिका माई र चन्दननाथ भैरवनाथको मन्दिरमा पुजाआजा गरिएको हो ।
जिल्ला प्रर्शासन कार्यालय जुम्ला अगाडी रहेको दरवार मालिकाको मन्दिर बाट कृष्णमन्दीर परिक्रमा गरी जिल्ला प्रहरी कार्यालयमा गएर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सलामी पछि टोलि बडिमालिका गएको हो । टोलीलाई प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइ र नेपाली सेना, प्रहरी र शसस्त्र प्र्रहरी लगायतका सुरक्षा निकाय, राजनैतिक दल र स्थानीयले अक्षता र ध्वजा दिएर विदाई गरका छन ।
तत्कालिन बडा हाकिमको नेतृत्वमा बडिमालिका जाने चलन थियो । उक्त टोली कृष्ण अष्टमीको अघिल्लो दिनमा फर्किएपछि भोलिपल्ट लाख्य काट्ने चलन जुम्लामा छ । तर यस वर्ष कोरोनाका कारण लाख्य नाथ नलगाउने प्रसशानले जनाएको छ । जुम्लावाट लिएको अक्षता र फुलपाति बडिमालिकामा लिएर चढाउने गरिन्छ ।
शुक्रबार दिउसो हिडेको टोली तातेपानीमा बस्नेछ । जिल्ला प्रशासन कायालय जुम्लाको नेतृत्वमा वर्षको एक पटक भगवतिको दर्शन गर्न जाने परम्परा रहिआएको छ । सो अवसरमा नेपाली सेनाको नन्दा बक्स गणबाट आएको टोली र जिल्ला प्रहरी कार्यालयबाट आएको टोली र सशस्त्र प्रहरी बलको टोलीले बाजागाजा सहित निशान भगवती, चन्दननाथ, भैरवनाथ र बडिमालिका माईलाई बेण्ड बाजा, डोल बजाएर बिगुल फुकेका थिए ।
बडि मालिका भगवतीको लागि जिल्ला प्रसासन कार्यालय जुम्लाबाट वर्षको एक पटक गहना बनाएर पठाउने गरिन्छ । यस पटक पनि भगवतीको लागि सुनको टिका, चाँदीको बिनायो, चाँदीको मुरुली, चाँदीको काँगियो र चाँदीको छत्र बनाएर पठाएको जिल्लाप्रशासन कार्यालयले जनाइएको छ । सबै सामाग्री भगवतीलाई चढाए पछि मात्रै चन्दननाथ मन्दिरमा ल्याएर चढाउने गरिन्छ ।