
एनिसा हमाल साउन २१ जुम्ला
चन्दननाथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले नगरपालिका भित्रका बालबालिकाका लागि पुस्तक वितरण गर्न लागेको छ । कोभिड १९ का कारण स्कुल बन्द भएकाले बालबालिकाको सिकाई सहजिकरणको लागि पुस्तक वितरण गर्न लागिएको शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत खडानन्द चौलागाइले जानकारी दिनुभयो ।
अभिभावकको सहयोगमा बालबालिकालाइ घरमा नै गराउन सकिने सिकाई क्रियाकलापहरु समाविष्ट पुस्तक नगरपालिका भित्रका कक्षा १ देखि ३ सम्म भर्ना भएका सबै विद्यार्थीलाइ पुस्तक वितरण गरिने उहाँले बताउनु भयो । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत शिक्षा तथा मानव श्रोत विकास केन्द्रको ३ लाख सहयोगमा पुस्तक निर्माण गरेको उहाँले बताउनु ।
नगरपालिका भित्रका सबै विद्यालयलाई पुस्तक लिन आउन नगरपालिकाले अनुरोध पनि गरेको छ । तेस्रो लहरको कोरोना भाइरसको माहामारीले बालबालिकालाई बढि प्रभावित पार्न सक्ने भएकाले लामो समय देखि बन्द विद्यालय अझै खुलेका छैनन । बन्दले गर्दा घरमै बसेका बालबालिकाले पढ्न विर्सिसकेको हुनाले पढ्ने बानीको विकास गराउन सोही पुस्तक तयार गरी वितरण गर्न लागेको उहाँले सुनाउनु भयो ।
नगरपालिका भित्रका १० वडाका १९ वटै विद्यालयमा पुस्तक वितरण गर्ने उहाँले बताउनु भयो । आमाबुवाले पनि केहि सिक्ने र बालबालिकालाइ पनि केहि सिकाउने तरिकाले सरल भाषाको प्रयोग गरी पुस्तक निर्माण गरेको उहाँले बताउनु भयो । बालबालिकाको पहिलो पाठशालानै घर भएकाले उनीहरुको शिक्षण सिकाइमा आमाबुवाले पनि विशेष ध्यान दिनुपर्ने चौलागाइको भनाइ छ ।
बालबालिकाको पढाईमा सहयोग गर्न स्वअध्ययन सामग्री वितरण गरिने उहाँको भनाइ छ । विद्यालय बन्द भएपछि विकट गाउँमा पठनपाठन ठप्प रहेको छ । वैकल्पिक शिक्षा प्रदान गर्ने आधुनिक प्रणालीको पहुँचमा नपुगेका नगरपालिका भित्रका बालबालिकालाई स्वअध्ययन सामग्री वितरण गर्न लागिएको उहाँले जानकारी गराउनु भयो ।
शिक्षक र अभिभावकबाट बालबालिकालाई अध्यापन गराउने शिक्षण विधि स्वअध्ययन शिक्षण सामग्री वितरण गर्ने तयारी गरिएको चौलागाईले बताउनु भयो । विषम परिस्थितिमा विद्यालय बन्द हुँदासमेत बालबालिकाको पढाइलाई निरन्तरता दिने उद्देश्यले विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गर्न लागिएको हो ।