
नौरते नेपाली, साउन १७ जुम्ला
चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले नगरपालिकालाई अनिर्णयको बन्दि हुनबाट बचाएको बताउनु भएको छ । उपमेयर अप्सरादेवि न्यौपाने (महतले) नगरसभा हुन नदिनको लागि हलो अड्काउने काम गरेको उहाँले आरोप लगाउनु भयो । नगरपासभा नगरी नगरपालिकालाई अनिर्णय बन्दि बनाउन राम्रो नभएकाले बहुमत सदस्यको उपस्थितमा नगरसभा सम्पन्न भएको उहाँको भनाइ छ । नगरसभा नभएको पनि उपमेयरले भ्रम फैलाएको प्रति उहाँले ध्यानकर्षण भएको बताउनु भएको हो ।
नियम अनुसार असार १० गतेका दिन बोलाईएको नगरसभाको बैठकमा उपमेयर लगायतका नगरसभाका केहि सदस्यहरु अनुपस्थित भएको असार ३१ गतेका दिन बहुमत सदस्यको उपस्थितमा नीति, कार्यक्रम र बजेट पास भएको सेजुवालले बताउनु भयो । आफ्नै कार्य कक्षमा आईतबारका दिन पत्रकार सम्मेलनको आयोजना गरि मेयर सेजुवालले नगरसभामा कुल ५३ जना सदस्य रहेको बताउनुभयो ।
जसमध्ये एक जनाको मृत्यु भइसकेको र दुइ जना जिल्ला समन्वय समितिमा गइसकेको हुनाले बाँकी ५२ जना सदस्य रहेकोमा २९ जना सहभागि भएर बजेट पारीत भएको उहाँकाले जनाकारी गराउनु भयो । २९ जनाको उपस्थितमा नीति, कार्यक्रम र बजेट ल्याई सकेको सेजुवालले बताउनु भयो । सदस्य सचिव सहित नगरसभामा ३२ जनाको उपस्थित रहेको उहाँले जानकारी गराउनु भयो ।
उपमेयरले नगरसभा हुन नदिनको लागि भाजो हालेको हुनाले बहुमत सदस्यको उपस्थितमा विधि पूर्वक नीति, कार्यक्रम र बजेट पास गरिएको उहाँले बताउनु भयो । उपमेयर न्यौपानेतर्फ लक्षित गर्दे मेयर सेजुवालले सम्पन्न भइ सकेको नगरसभालाई कसैले विशेष नगरसभाको माग गर्देमा पुरा हुन नसक्ने जानकारी गराउनु भयो ।
नगरपालिका भित्रका कर्मचारीहरु काम विहिन भएको भन्दै उहाँले सबै पुरा गर्ने जिम्मेवारी मेयरको मात्रै नभएको बताउनु भयो । राजश्व फरामर्श समितिको बैठक बस्नमा ढिलाई भएको विषयलाई स्वीकार गर्दे उहाँले भन्नुभयो, योजना अनुगमनमा चरम रुपले पूर्वाग्राहि भएको आरोप लगाउनु भयो ।
गएको पुस महिनाको २ गतेका दिन कार्यपालिकाले गरेको निर्णय सुनाउँदै मेयर सेजुवालले ५ लाख रुपैयाँसम्मका योजनाहरुको अनुगमन वडाध्यक्षबाट गराउने र त्यो भन्दा माथीका योजनाहरुको अनुगमन नगरपालिकाबाट गर्ने सहमति भएको बताउनु भयो । आफुलाई आर्थिक अधिकार भएको हिसाबले नगरपालिका भित्रको विकासका लागि केहि रकम विकास निर्माणमा खर्च गरेको उहाँले स्वीकार गर्नु भएको छ । सार्वजनिक सुनुवाई मेयरले गर्ने होइन उहाँले भन्नुभयो म सार्वजनिक सुनुवाई गर्नबाट भागेको होइन ? यो काम कर्मचारीले गर्नु पर्छ ।
मैले कर्मचारीलाई सार्वजनिक सुनुवाई नगर्नको लागि रोकछेक गरेको छैन् । नगरपालिकामा मेयर र उपमेयरको विवाद छ भन्ने हल्ला निराधार र भ्रम भएको उहाँले बताउनु भयो । विधि, प्रक्रिया र नियमअनुसार काम गरौँ भन्दा अमान्य कतै हुन्छ । विधि र नियम भित्र रहेर आफुले काम गरि रहेको सेजुवालले बताउनु भयो ।
कसैलाई आरोपको लागि आरोप लगाउनु पउयुक्त हुँदैन उहाँले प्रश्न गर्दे भन्नुभयो, केका लागि रोइलो भइ रहेको छ । चित्त नबुझेको कुरा नगरसभामा आएर राख्नु पर्छ । नोटअफ डिसेन्ट लेख्न मिल्छ ! त्यो अधिकार सबैलाई छ । तर, नगरसभाका बहुमत सदस्यले गरेको निर्णय मान्दिन ? नगरसभा भएको छैन ? मनोपलि भएको छ भन्ने लाग्छ भन्ने नियम अनुसार गए हुन्छ । त्यसको जवाफ दिन म तयार रहेको मेयर सेजुवालको भनाइ छ ।
कार्यकाल सकाएर घर जाने बेला सम्पति सार्वजनिक गरेर जाने उहाँको भनाइ छ । चन्दननाथ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता अर्जुनसिंह कठायत (गोल्डेनले) व्यक्तिगत हिसाबले नगरपालिकालाई संचालन गर्न खोजिए स्वीकार्य नहुने बताउनु भयो । उपमेरले योजना अनुगमन गर्दा आफु निकटकाहरुको समयमै अनुगमन गरि भुक्तानिका लागि पहल गरेको र आफुनिटक नभएकाहरुको योजना अनुगमन नगर्ने गरेको आरोप लगाउनु भयो ।
जनप्रतिनिधि पूर्वाग्राहि हुन मिल्दैन उहाँले भन्नुभयो, उपमेयरले योजना अनुगमनमा विभेद गर्नु भएको छ । उपमेयरको मन नलागेको योजनामा अनुगमन हुँदैन उहाँले भन्नुभयो पत्रकार पनि पार्टीका मुख पत्र बनेका आरोप लगाउनु भयो । पत्रकारले केहि पाएमा चुप लाग्ने र नपाएमा भण्डाफोर गर्ने प्रवृत्तिले गलत कुराको ढाकछोप भएको उहाँको भनाइ छ ।
नगरकार्यपालिकाले विकास निर्माणको रकममा मेयर र उपमेयरलाई ६०÷४० को भाग लगाई दिनु गलत भएको कठायतले बताउनु भयो । चुनाव जितेर आउनु भएका दुवै जनाले जनताका बिचमा गरेको बाचा पुरा गरुन भन्नको लागि नगरकार्यपालिकाको बैठकले ६०÷४० को भाग लगाई दिएको उहाँको भनाइ छ ।
वडा नम्बर ४ का वडाध्यक्ष जगदिस चौलागाईले मेयर र उपमेयरले गर्दा नगरपालिका अनिर्णयको बन्दि भएको बताउनु भयो । बहुमत सदस्यले गरेको निर्णय अवैज्ञानि भयो ? मान्दैन भन्नु कतिको जायज छ उहाँले भन्नुभयो, यसमा चित्त दुखाई गर्नु पर्ने ठाउँ छैन् । केहि पत्रकारले व्यक्तिगत रुपमा रिसिबि साट्न खोजेको उहाँको भनाइ छ ।
नियमित वडामा उपस्थित भइ जनताको सेवा दिइ रहेको भन्दै उहाँले काम विशेषले कहि कतै जाँदा वडाध्यक्ष विहिन भनेर बिल्ला लगाउने काम भएको प्रति असन्तुष्ट व्यक्त गर्नु भयो । पत्रकार निष्पक्ष, स्वतन्त्र र तटस्थ हुनु पर्ने भएपनि त्यसो भएको देखिएन उहाँको भनाइ छ । चन्दननाथ नगरपालिका जुम्लाका निमित्त प्रमुख प्रशासयिक अधिकृत क्षेत्रवहादुर बुढथापाले सार्वजनिक सुनुवाई गर्ने विषयमा छलफल भइ रहेको बताउनुभयो ।
प्रमुख प्रशाकिय अधिकृत फेरबदलले गर्दा भनेकै समयमा सार्वजनिक सुनुवाई हुन नसकेको उहाँको भनाइ छ । नगरपालिका भित्रको आन्तरिक विवाद र किचलोले गर्दा समग्र नगरपालिकाको विकासमा अवरोध भएको छ । एकले अर्कालाई हिलो छ्याप्ने र दोषारोपण गर्ने कार्यले नगरपालिका हित भएको छैन् ।