बिचारमा परिक्क हुन ः कार्यकर्तालाई मन्त्री महतको आग्रह – Karnali News

बिचारमा परिक्क हुन ः कार्यकर्तालाई मन्त्री महतको आग्रह

 १६ श्रावण २०७८, शनिबार १६:३९  

नौरते नेपाली, साउन १६ जुम्ला

नेकपा एमालेको संस्थापन पक्षले जुम्लामा पार्टी प्रशिक्षण तथा जिल्ला कमिटिको बैठक बसालेको छ । वर्तमान राजनीतिक अवस्थाका बारेमा आम पार्टी कार्यकर्तालाई जानकारी गराउन र संगठनलाई चलायमान बनाउन प्रशिक्षण तथा जिल्ला कमिटिको बैठक बसालेको हो । उक्त बैठकले पार्टी एकताका लागि जुम्ला जिल्लामा रहेका नेता, कार्यकर्ता र शुभचिन्तकलाई आ–आफ्नो ठाउँबाट आह्वान गर्न, जुम्लामा दिनप्रतिदिन फैलि रहेको कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघ सरकारलाई योजना बनाइ कार्यक्रम संचालन गर्न ध्यानकर्षण गराउने निर्णय भएको नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले जानकारी गराउनु भयो ।

उहाँका अनुसार केपी सरकारले भित्र्याएको कोरोना विरुद्धको खोप आम जुम्ली नागरिक समक्ष पुराउन र खोप केन्द्रको संख्या बढाउन बैठकले ध्यानकर्षण गरेको बताउनु भयो । नेकपा एमालेको पार्टी संगठन पालिका स्तरमा निर्माण गर्ने निर्णय भएको अध्यक्ष महतको भनाइ छ ।

नेकपा एमाले पार्टीको वर्तमान अवस्थाका बारेमा आम कार्यकर्तालाई बैठकामा अवसरमा जानकारी गराईएको छ । नेकपा एमालेमा देखिएको विवादका पछि नलागि पार्टी निर्माणमा जुट्न नेकपा एमालेले पार्टी नेता तथा कार्यकर्ता निर्देशन दिएको छ । विवादका पछि लाग्दा पार्टी सांगठनिक र बैचारिक रुपमा पछि पर्ने भएकाले अरुको पछि नलागि जनताको बहुदलिय जनबादका आधारमा अघि बढ्न निर्देशन दिईएको अध्यक्ष महतले जानकारी दिनुभयो ।

नेकपा एमाले भित्रकै अराजक तत्वले गर्दा आफ्नै पार्टीको सरकार ढालेको उहाँको भनाइ छ । नेपाली जनताले नेकपा एमालेलाई दिएको जनमतको सम्मान गर्दे महतले अराजक राजनीतिक गतिविधिबाट टाठा रहन आम पार्टी कार्यकर्तालाई आग्रह गर्नु भएको छ । नेकपा एमालेकै केहि नेताले गर्दा नेपाकै पहिलो पार्टीलाई अदालतबाट किनारा लगाउन खोजिएको उहाँको भनाइ छ ।

नेकपा एमालेको प्रशिक्षणमा बोल्दै नेकपा एमालेका नेता तथा पूर्व राज्यमन्त्री बलवहादुर महतले कम्युनिस्ट बिचारमा परिक्क हुन कार्यकर्तालाई अनुरोध गर्नु भएको छ । विचार र सिद्वान्तले कार्यकर्ता परिपक्क हुनु पर्ने उहाँले बताउनु भयो । महतले बिचार हराएका र अरूको पिछलगु भएका व्यक्तिको कारणले नेकपा एमालेको दुरावस्था आएको बताउनु भयो ।

नेतृत्वको भोगि भएको हुनाले कम्युनिष्टहरु पार्टी परिवर्तन गर्ने गरेको उहाँको भनाइ छ । पार्टी निर्माण महत्वपूर्ण भएकाले सबैको जोडबल पार्टी निर्माणमा हुनु पर्ने महतको भनाइ छ । नेपालमा गठन भएको दुई तिहाईको सरकार ढाल्न पार्टी भित्रकै तत्व लागि परेको उहाँको आरोप छ । सडकबाट नेतृत्व माथि हमला भएको भन्दै महतले अराजक तत्वको विरूद्व एकढिक्का हुनु आग्रह गर्नु भएको छ ।

संगठन निर्माण नगरि पद खोज्ने व्यक्तिले पार्टीको हितमा काम गर्न नसक्ने महतले बताउनु भयो । नेताको पछि नलागि जनताको पछि लागेमा पार्टी निर्माण हुने उहाँको भनाइ छ । नेकपा एमाले शक्तिलाई केहि अराजक समूहले कमजोर ठानेको भन्दै उहाँले त्यसको परिमाण छिट्टै आउने बताउनु भयो ।

कमर कसेर संगठन निर्माणमा सहभागि हुन महतले कार्यकर्तालाई निर्देशन दिनु भएको छ । अरुको पछि नलागि पार्टी र नेकपा एमालेको बिचारलाई जनताको सामु पुराउनु असल कार्यकर्ताको भूमिका हुन आउने उहाँको भनाइ छ । नेकपा एमाले सरकारमा हुँदा गरेको काम जनताका बिचमा लिनु पर्ने महतले बताउनु भयो । नेकपा एमाले जुम्लाको बैठक तथा प्रशक्षिण कार्यक्रममा अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।