मेरयकै मनोमानीमा करोडौँका नक्कली आयोजना इन्ट्रि – Karnali News

मेरयकै मनोमानीमा करोडौँका नक्कली आयोजना इन्ट्रि

 १६ श्रावण २०७८, शनिबार ०९:२८  

एनिसा हमाल, साउन १५ जुम्ला
जुम्लाको चन्दननाथ नगरपालिकामा विगत ३ वर्ष देखि सार्वजनिक सुनुवाइ भएको छैन । सार्वजनिक सुनुवाइ नगरेरै मेयर कान्तिका सेजुवालले कार्यपालिकाका बहुमत सदस्यहरुलाइ जानकारी नै नदिएर नगरसभा सम्पन्न भएको नाटक मन्चन गरेको उपमेयर अप्सरादेवी न्यौपानेले आरोप लगाउनु भयो ।

सार्वजनिक सुनुवाइ गरेर नगर सभामा जादाँ मेयरज्युको सक्कली चरित्र बाहिर आउने भएकाले कुनै प्रक्रिया नै सुरु नगरी नगरसभा गरेकाले नगरसभाकै इतिहासमा यो भन्दा लाजमर्दो कुरा अरु नभएको उहाँले बताउनु भयो । शुक्रबार नगरपालिकाको आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर उपमेयर न्यौपानेले यस्तो बताउनु भएको हो ।

गत ३ वर्ष देखि आफुहरुले उठाउदैँ आएको सार्वजनिक सुनुवाइको माग पनि पुरा नभएको प्रेस विज्ञप्तिमा भनिएको छ । ४ वर्ष देखि नगरसभाका ५३ जना सदस्यले पास गरेका योजना कुल्चेर प्रक्रिया विपरीत मेरयकै मनोमानीमा करोडौँ रकमका नक्कली आयोजना इन्ट्रि गराउने र कर्मचारीलाइ दबाब दिदै भुक्तानी गर्न लगाउने क्रम अहिले सम्म पनि नरोकिएको उहाँले आरोप लगाउनु भयो ।

उपमेयरको संयोजकत्वमा योजना अनुगमन समिति बने पनि कार्यपालिका हुदै नगरसभामा पेस नभएका अवैध योजनाहरु उपमेयरको अनुगमन विनानै भुक्तानी हुने गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । मेयरकै दवावले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु समेत काममा धेरै नटिक्ने र छिटै विदा लिने गरेको उपमेयर न्यौपानेको भनाइ छ ।

जनताबाट उठेको राजश्व सदुपयोग गराँै भन्दा पनि मेयरले तँ ठुलो कि म ठुलो तँैले मलाइ सिकाउने भन्दै धेरै मनोमानी गरेको पनि उहाँले गुनासो गर्नुभयो । आफुलाइ ५ वर्षे कार्यकाल १० वर्षे जनयुद्ध भन्दा पनि गाह्रो भएको उपमेयरले गुनासो गर्नुभयो । नगरसभाले आफुलाइ दिएको अधिकार पनि मेयरले उपभोग गर्न नदिएको उहाँको भनाइ छ ।

श्रावण ११ गते नगर कार्यपालिकाका बहुमत सदस्यहरुको बैठक बसि विशेष नगरसभाको माग गरेको र स्वर्णिम इतिहाँस बोकेको नगरपालिकालाइ बदनाम हुन नदिन र जनता प्रतिको कर्तव्य पुरा गर्न जुनसुकै कदम चाल्न पछि नपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।