प्रवासबाट फर्किकाहरुसँग आई.एन.एफले काम गर्दै – Karnali News

प्रवासबाट फर्किकाहरुसँग आई.एन.एफले काम गर्दै

 १३ श्रावण २०७८, बुधबार ०७:५०  

नौरते नेपाली, साउन १३ जुम्ला
जुम्लाका अधिकांश मानिस रोजगारीको लागि काला पहाड जाने गर्दछन् । स्थानीय स्तरमा भने जस्तो काम नपाइने भएकाले अधिकांश मानिस रोजगारीका लागि काला पहाड जाने गरेका हुन् । दशैँ तिहार मनाए लगतै अधिकांस मानिस रोजगारीका लागि काला पहाड तिर हानिन्छन् । लुगाफाटो फेर्न र घरयासी गर्जाे टार्न काला पहाड धाउनु जुम्लाका नागरिकको रहर नभइ समस्या हो ।

जुम्लाका अधिकांश युवाहरु ‘काला पहाडमा’ मजदुरीका लागि जाने गर्दछन्  । बेरोजगारी देशकै समस्या भएपनि कर्णाली प्रदेशको जुम्लामा धेरै मात्रामा बेरोजगारी रहेका छन । भारत लगायत अन्य मुलुकमा जानु यहाँका अधिकांश नागरिकहरुको रहर नभइ बाध्यता हो । भारतमा रोजगारीका लागि गएका युवाहरुलाई कोरोनाले गर्दा आफ्नो जन्मथलो तिर फर्काई दिएको छ ।

उनिहरुसँग सीप र जागर भएपनि सीप र ज्ञानको समस्या छ । प्रवासबाट घर आएका कनकासुन्दरी गाउँपालिका भित्रका १ सय १६ जनासँग आई.एन.एफ जुम्लाले सृजना संचालन गरेको छ । प्रवासबाट आएकाहरुसँग आई.एन.एफले सृजना परियोजना अन्तर्गत रोजगारी सृजना गर्नको लागि काम गर्दे आएको छ ।

कनकासुन्दरी गाउँपालिका १६ जनालाई मौरी पालन, १६ जनालाई थोपा सिंचाई, ८ जनालाई प्लाष्टिक पउन्ट सिंचाइ, २४ जनालाई रोगकिरा नियन्त्रण तालिम, २४ जनालाई तरकारी खेति तथा बिउ वितरण, २४ जनालाई कम्पोष्ट मल बनाउने तालिम सामान वितरण र ४ जनालाई हाते ट्याक्टर वितरण गरेको आई.एन.एफ जुम्लाका परियोजना संयोजक अविश्यक विकले बताउनु भयो ।

उहाँका अनुसार भारतमा रोजगारी लागि गएका तर कोरोनाले गर्दा जन्मथलोमा फर्किएका प्रवासिसँग सृजना परियोजनाले काम गरेको बताउनु भयो । स्थानीय स्तरमै रोजगारीको सृजना गर्दै आत्मभिर्नर गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ । प्रवासबाट फर्किएकाहरुसँग सृजना परियोजनाले आयआर्जनमा सहयोग गरेको विकले जानकारी गराउनु भयो ।

स्थानीय स्तरमा व्यवसाय सृजना गरि आत्मनिर्भरको बाटोमा परियोजनाले सहयोग गरेको उहाँको भनाइ छ । आई.एन.एफ जुम्लाका टिम लिडर जोलवहादुर बुढाका अनुसार भारतमाबाट घर फर्किका प्रवासीसँग हातेमालो गर्दे काम गरि रहेको बताउनु भयो । भारतमा गरेको मजदुरीले घरको गर्जो टार्ने नागरिकलाई वर्षमा दुईचोटि भारतमा मजदुरी नगरे भोकै बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।

भारतमा कोरोनाले गर्दा काम गर्न नपाएर आफ्नै जन्मभूमिमा फर्केका नागरिकसँग आई.एन.एफले सहकार्य गर्दै आएको बुढाको भनाइ छ । जुम्लाका अधिकांश नागरिकले भिरालो जमिनमा लगाएको अन्नले खान धौधौ ६ महिना पनि पुग्दैन् । भिरालो र रूखो बारीमा अन्न पनि कम उत्पादन हुने र उत्पादित अन्नले वर्षभरि खान पुग्दैन ।

जुम्लाका नागरिक एक सिजनको बाली लगाएपछि ६ महिना कामको खोजीमा भारत जान्छन् । त्यहाँ पसिना बगाएर कमाएको आम्दानी सहित उनीहरू गाउँमै फर्किन्छन् । आफ्नो ठाउँमा काम गरेर बस्ने वातावरण नभएका कारण अधिकांश युवा रोजगारीका लागि भारत गएकाहरु यति बेला घर फर्किका छन् ।

घर फर्केकाहरुसँग मनमा जोस र पाखुरामा बल भएपनि पनि सीप र ज्ञानको कमीले घरमै बस्नु पर्ने बाध्यता आई.एन.एफले कम गरेको छ । जमिन भएकाहरुलाई खेती पातिमा सहभागि गराउन हाते ट्याक्छर उपलब्ध गराईएको आई.एन.एफ जुम्लाका सहायक क्षमता विकास अधिकृत सम्झना शाहीले बताउनु भयो ।

प्रवासबाट फर्किएकाहरुसँग समन्वय गरि काम गर्न पाउदा खुसी लागेको उहाँको भनाइ छ । भारतमा सिकेको सीपलाई आफ्नै माटोमा प्रयोग गर्न सुझाव दिने गरिएको शाहीले बताउनु भयो । भारतमा कोरोनाले गर्दा ज्याला मजदुरी गरि खानेहरु यति बेला गाउँ फर्किएको भन्दै उहाँले जीविको पार्जनमा धेरैलाई समस्या रहेको सुनाउनु भयो ।

प्रवासिको पिडा र दुःखमा साथ दिन आई.एन.एफले सृजना परियोजना कनकासुन्दरी गाउँपालिकामा संचालन गरेको शाहीले जानकारी गराउनु भयो । युवाहरूले आफ्नै ठाउँमा काम पाउने र गाउँको विकास पनि हुने भएकाले अब युवाहरूलाई मजदुरीका लागि काम खोज्न कालापहाड जानु पर्ने अवस्था कम गर्न खोजिएको उहाँको भनाइ छ ।

कर्णाली प्रदेश सरकारको तथ्यांकअनुसार कर्णाली प्रदेशका करिब ४१ प्रतिशत नागरिकहरु मात्रै सक्रिय रुपमा आर्थिक क्रियाकलापमा संग्लग्न रहेका छन् । भने कुल जनसंख्याको आधाभन्दा बढि ५९ प्रतिशत जनसंख्या कालापहाडको भरमा जिविको पार्जन गरिरहेका छन् ।