
नौरते नेपाली, साउन ११ जुम्ला
विपद् जोखिम न्यूनिकरण र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आईतबार जिल्ला सदरमुकाम जुम्लामा प्रारम्भिक दु्रत लेखाजोखा तालिम सुरु भएको छ । मर्सिकोर नेपाल भकारी परियोजनाको सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा तालिम सुरु भएको हो । मर्सिकोर नेपाल भकारी परियोजनाले विपद्का क्षेत्रमा विशेष चासोका साथ काम गर्ने अन्तराष्ट्रि गैर सरकारी संस्था हो ।
विपद् जोखिम न्यूनिकरण गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले विपद् जोखिमको पहिचान, मापन, आवधिक विश्लेषण र विपद् प्रतिको जनचेतना अभिवृद्धि गरी स्थानी यस्तरमा प्रतिकार्य योजना अघि बढाउन तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार आपतकालिन समयमा चुस्त प्रतिकार्यका लागि स्थानीय तहले प्रभावकारी पूर्व तयारी गरेमा झनै राम्रो हुने जानकारी गराउनुु भयो । जिल्लाको विपद्को बारेमा पहिचान गर्दै प्रतिकार्य योजना निर्माणमा तालिमले सहयोग गर्ने उहाँको भनाइ छ । तालिम अवधिभर विपद्, विपद् व्यवस्थापन चक्र, विपद् जोखिम व्यवस्थापन सम्बन्धी ऐन, कानून संघीय सरकारदेखि स्थानीय तहसम्म विपद्को संरचना र जिम्मेवारीका विषयमा घनुभूत रुपमा छलफल हुने उपप्रमुख बुढाले बताउनु भयो ।
आधारभूत मानवीय सहयोग र मापदण्ड विपद् लेखाजोखा निर्देशिका परिचय, महत्व र प्रकारबारे तालिमका सहभागिलाई जानकारी गराइने मर्सिकोर नेपाल जुम्लाका प्रमुख प्रकाश केसीले बताउनु भयो । विपद् जोखिमको बुझाई र प्रतिकार्य क्षमता अभिवृद्धिमा तालिमले सघाउने विश्वास गरिएको उहाँको भनाइ छ ।
आइतबारका दिनबाट सुरु भएको तालिम मंगलबार सम्म संचालन हुने उहाँले जानकारी गराउनु भयो । जुम्लाका तिला र तातोपानी गाउँपालिकाका स्थानीय विपद व्यवस्थापन समितिका प्रतिनिधि र जिल्ला विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरु तालिममा सहभागि रहेको केसीले बताउनु भयो ।
विपद् व्यवस्थापन र विपद्मा परेकाहरुको तथ्याङ्क संकलनका विषयमा छलफल हुने उहाँको भनाइ छ । किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमवहादुर शाहीले विपद्को लेखाजोखा गरी सम्भावित क्षेत्रको पहिचान गरिने बताउनु भयो । विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनु भयो ।
विपद् न्यूनिकरणका लागि सबै स्थानीय तहले स्रोत साधनमा जोड दिनुपर्ने शाहीको भनाइ छ । विपद्लाई सबै मिलेर सामाना गर्नुपर्ने उहाँले बताउनु भयो । विपदको पूर्व तयारीको विषयमा स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरु सचेत र सजक रहनुपर्ने उहाँको भनाइ छ ।
किर्डाकले विपद्को क्षेत्रमा गरेको कामका बारेमा स्मरण गराउदँै पूर्वतयारी नै महत्वपुर्ण भएको भन्दै उहाँले जलवायु र प्रकोपका विषयमा हिमालय क्षेत्रमा विश्व विद्यालयको आवश्यता रहेको जानकारी गराउनु भयो । किर्डाक नेपाल जुम्ला अन्तर्गत भकारी परियोजनाका कार्यक्रम संयोजक जनक पन्तले विपद्को बेला जति छिटो तथ्याङ्क संकलन भयो त्यति छिटो प्रभावितले राहात पाउने बताउनु भयो ।
विपदको समयमा सहि तथ्याङ्क संकलन गर्दै प्रभावित घरपरिवारलाइ तत्काल राहात दिने र सहि तथ्याङ्क संकलनका विषयमा कार्यक्रममा छलफल उहाँको भनाइ छ । सहभागीहरुलाई समूह छलफल, प्रश्न उत्तर, प्रयोगात्मक अभ्यास र विभिन्न श्रव्यदृश्यको माध्यमबाट तालिम दिइने उहाँले जानकारी गराउनु भयो ।