जन्म दिनमा भण्डारीले विद्यालयमा विरुवा रोपे – Karnali News

जन्म दिनमा भण्डारीले विद्यालयमा विरुवा रोपे

 ५ श्रावण २०७८, मंगलवार ०८:५४  

नौरते नेपाली, साउन ५ जुम्ला
जुम्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ भण्डारीवाडा गाउँ निवासी तथा हातेमालो नेपाल जुम्लामा आवद्ध विकास भण्डारीले जन्म दिनको अवसरमा विद्यालयमा विरुवा रोप्नु भएको छ । उहाँले जन्म दिनको अवसरमा जयरत्न कर्णाली बोर्डिङ्ग स्कुलमा पिपलको विरुवा रोप्नु भएको हो ।

जन्म दिनको अवसरमा गर्ने फजुल खर्चलाई कम गर्दे उहाँले विद्यालयमा विरुवा रोपेको बताउनु भयो । हरियाली र वातावरण मैत्री विद्यालय निर्माणमा सहयोग गर्ने उद्देश्यले विद्यालयमा विरुवा रोपेको भण्डारीको भनाइ छ । विरुवाले अक्सिजन दिने र वातावारण मैत्री हुने भएकाले जन्मदिनको अवसरमा विद्यालयमा विरुवा रोपेको उहाँले बताउनु भयो ।

अरुले जन्म दिनको अवसरमा केक काटेर धेरै खर्च गर्ने गरेको भन्दै उहाँले नयाँ काम गर्ने आफुमा सोच रहेको सुनाउनु भयो । विद्यालय हरियाली हुने र गर्मी समयमा पिपलको विरुवाले चौतारीको काम गर्ने भण्डारीको भनाइ छ । जन्म दिनको अवसरमा सबैले एउटा मात्रै विरुवा रोपेमा वातावारणको संरक्षण हुने उहाँको बुझाइ छ ।

२३ औँ जन्मत्सवमा भण्डारीले गरेको कामबाट अन्य युवालाई प्रेरणा दिएको छ । सबैले जन्मदिनको अवसरमा एउटै मात्रै विरुवा रोपेमा उजाड हुँदै गएको वन संरक्षण हुनुका साथै वातावारणको पनि संरक्षण हुने छ ।