तिलामा ३ लाख बढीको राहत वितरण – Karnali News

तिलामा ३ लाख बढीको राहत वितरण

 ३ श्रावण २०७८, आईतवार १९:०५  

नौरते नेपाली, साउन ३ जुम्ला
जुम्लाको तिला गाउँपालिकामा ३ लाख १५ हजार ६ सय ५ रूपैयाँको राहत वितरण गरिएको छ । ९६ घरपरिवारलाई प्रति घरपरिवार ३ हजार २ सय ८७ रूपैयाँको दरले राहत वितरण गरिएको हो । तिलाको ३, ४ र ५ नम्बर वडाका कोभिड–१९ बाट प्रभावित नागरिकलाई राहत वितरण गरिएको हो ।

तिला ३ का वडा सदस्य सुकमाया बुढाको रोहोबरमा राहत वितरण गरिएको किर्डाक नेपाल जुम्लाका प्रशासन प्रमुख भरत नेपालीले बताउनु भयो । चामल मसिनो ३० केजि, दाल ३ केजि, २ लिटर तेल, चिनि २ केजि, नुन २ केज र हातधुने साबुन ४ वटा वितरण गरिएको उहाको भनाइ छ । कोरोनाबाट बच्नका लागि लाइभब्याइ साबुन दिईएको उहाले बताउनु भयो ।

वल्र्डभिजन इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारिमा राहत उपलब्ध गराईएको हो । स्थानीय सरकारको उपस्थितमा राहत वितरण गरिएका किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत मेहन्द्रजंग शाहीले बताउनु भयो । आर्थिक अवस्था कमजोर भएका घपरपरिवालाई राहत वितरण गरिएको उहाँको भनाइ छ ।

वडा सरकारको सिफारीसमा कोरोना प्रभावित नागरिकलाई राहत दिइएको उहाँले जानकारी गराउनु भयो । राहत वितरण कार्यक्रममा बोल्दै वडासदस्य सुकमाया बुढाले राहतले नारिकलाई सहज गराएको बताउनुभयो । उहाँका अनुसार प्रत्यक्ष गाउँमा पुगेर राहत दिने कार्यले नागरिकको मनोबल उच्च बनाएको प्रतिक्रिया दिनुभयो । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई गुजारा चलेको उहाँको भनाइ छ ।