
नौरते नेपाली, असार ३१ जुम्ला
कोभिड—१९ बाट प्रभावित परिवारलाई खाद्यन्न वितरण गरिएको छ । कोरोनाले गर्दा प्रभावित भएका परिवारलाई लक्षित गर्दे वल्र्डभिजन इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा राहत वितरण गरिएको हो । मसिनो चामल ३० केजी, दाल ३ केजी, २ केजी चिनि, हातधुने साबुन ४ वटा, तेल २ लिटर र नुन २ केजी वितरण गरिएको हो ।
प्रति परिवारलाई ३ हजार २ सय ८७ रुपैयाँ बराबरको राहत वितरण गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत मेहन्द्रजंग शाहीले बताउनु भयो । स्थानीय सरकारको उपस्थितमा राहत वितरण गरिएको शाहीको भनाइ छ । वडासरकारको सिफारिसका आधारमा राहत वितरण गरिएको शाहीले जानकारी दिनुभयो ।
तातोपानी गाउँपालिका वडा नम्बर २ र ३ का ७१ जना परिवारलाई वडाध्यक्ष डिल्लीवहादुर रावलको रोहोबरमा राहत वितरण गरिएको उहाँको भनाइ छ । वडा नम्बर ३ का २५ र वडा नम्बर २ का ४६ जना परिवारले राहत पाएका छन् । राहत वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष रावलले गरिब र विपन्न नागरिकको दैनिकिमा राहतले सहयोग पुगेको बताउनु भयो ।
किर्डाक नेपाल जुम्लाले वल्र्डभिजन इन्टरनेश्नल नेपालको सहयोगमा वितरण गरेको राहतले दिनदुखी र गरिबको उत्थान भएको उहाँले बताउनु भयो । माहामारीको घडिमा न्युन आय भएका नागरिकलाई मलहम् पट्टिको रुपमा राहतले काम गरेको उहाँको भनाइ छ । कामगरि खाने नागरिकको हित भएको भन्दै उहाँले प्रत्यक्ष गाउँमा पुगेर राहत दिने कार्यको स्वागत गर्नु भयो ।
गाउँपालिकाले प्रत्यक्ष नागरिकलाई राहत दिन नसकेको अवस्थामा किर्डाकले दिएको राहतले गरिब नागरिकको गुजारा चलेको उहाँको भनाइ छ । वल्र्डभजिन इन्टरनेश्नल नेपालमा दर्ता भएका बालबालिकालाई लक्षित गरि वितरण गरेको राहतले कोरोनाबाट बच्न सहयोग पुग्ने उहाँले बताउनु भयो ।
नियमित साबुन पानीले हातधुने बानी नपरेका नागरिकलाई साबुन दिएकाले सरसफाईमा सहयोग पुगेको वडाध्यक्ष रावलले बताउनु भयो । कोरोनाबाट बच्नको लागि साबुन पानीले हातधुन पर्ने भन्दै उहाँले नागरिकको साबुन पानीले हातधुने बानीको विकास गराएको जानकारी गराउनु भयो ।
राहत लिन आउनु भएका सोभा डाँगीले कोरोनाले गर्दा काम गर्न नपाएको बेला राहत पाएकोमा खुसी व्यक्त गर्नु भयो । खेतियोग्य जमीन कम भएकै कारण उत्पादन नहुने गरेको भन्दै उहाँले राहतले सहयोग पुगेको प्रतिक्रिया दिनुभयो । घरको उत्पादनले ६ महिना पनि खान नपुग्ने गरेको भन्दै उहाँले सहयोग गर्ने दाता प्रति आभार प्रकट गर्नु भएको छ ।
तातोपानीमा मात्रै २ लाख ३३ हजार ३ सय ८१ रुपैयाँ २६ पैशाको राहत वितरण भएको छ । वल्र्डभिजन इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा जुम्लाको तिला, तातोपानी, गुठीचौर, पातारासि गाउँपालिका र चन्दननाथ नगरपालिमा राहत वितरण गरिएको छ ।