तिला गाउँपालिककाे हिलोमुक्त अभियान – Karnali News

तिला गाउँपालिककाे हिलोमुक्त अभियान

 ३१ असार २०७८, बिहीबार ०७:५२  

नौरते नेपाली, असार ३१ जुम्ला
जुम्लाको तिला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०८९ का लागि बजेट ल्याएको हो । असार १० गतेका दिन सुरु भएको गाउँसभाबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेको तिला सरकारले असार महिनाको ३० गतेका दिन बजेट ल्याएको हो ।

गाउँसभामा बजेट प्रस्तुत गर्दे तिला गाउँपालिका जुम्लाका उपाध्यक्ष विष्णु बुढाले संघीय सरकारको राजश्व बाँडफाँडबाट प्राप्त भएको ६ करोड ५० लाख ७९ हजार, संघीय सरकारको समानीकरण तर्फको १० करोड ३ लाख, संघीय सरकारको शसर्त तर्फ १८ करोड ३० लाख, संघीय सरकारको विशेष अनुदान तर्फ पुरुगाउँमा एक घर एक धाराका निर्माणका लागि ७१ लाख, सेतिवाडा माविको भवन निर्माण तर्फ ६२ लाख र मानेचौर माविको भवन तथा शौचालय निर्माणका लागि ५८ लाख रुपैयाँ विनियोजन गर्नु भएको छ ।

यस्तै संघीय सरकारको समपूरक अनुदान तर्फ २ करोड १९ लाख, वित्तिय समानिकरण प्रदेश सरकारबाट प्राप्त अनुदान १ करोड ६३ लाख २ हजार र प्रदेश सरकारको शसर्त अनुदान तर्फ १ करोड ३७ लाख रुपैयाँ उपाध्यक्ष बुढाले विनियोजन गर्नु भएको छ । प्रदेश सरकारको विशेष अनुदान तर्फ पसेरी वडारबाट ढिपु गाउँ एक घर एक धारा निर्माणका लागि ३० लाख, नौलीघट्ट पुरु काँध कैलाश हुँदै राँसा मालापानी सम्म ग्रामीण सडक निर्माणका लागि ६० लाख रुपैयाँ गाउँसभाबाट विनियोजन गरिएको उहाँको भनाइ छ ।

प्रदेश सरकारको राजश्व बाँडफाँड तर्फ २ लाख ८८ हजार ४ सय ६८ रुपैयाँ विनियोजन भएको उहाँले जानकारी गराउनु भयो । तिला गाउँपालिकाको समग्र स्वास्थ्यका लागि १ करोड १५ लाख ४४ हजार २ सय रुपैयाँ, कृषि विकासका लागि १ करोड १७ लाख, पशु सेवा विकासका लागि २४ लाख ४१ हजार, शिक्षा तर्फ ४० लाख, पोषण तर्फ ६६ लाख ८७ हजार, महिला तथा बालबालिका तर्फ ४१ लाख, सूचना तथा प्रविधि तर्फ २४ लाख ५० हजार, नापी शाखाका लागि ६ लाख, पञ्जिकरण तर्फ ३७ लाख ६८ हजार, खानेपानी तथा सरसफाई तर्फ ६ लाख, १ देखि ९ वटै वडाको लागि रोजगार तर्फ १ करोड ६५ लाख ४१ हजार रुपैयाँ गाउँसभाबाट उपाध्यक्ष बुढाले बजेट विनियोजन गर्नु भएको हो ।

यसैगरी, न्यायिक समिति तर्फ ७ लाख, लक्षित वर्गका लागि २३ लाख, वन तथा वातावारण तर्फ १६ लाख ४० हजार, तिला वृहत्त खानेपानीका लागि २५ लाख, मानेचौर देखि रिपि गाउँको सडक निर्माणका लागि २० लाख, त्रिवेणी पर्यटकिय क्षेत्रका लागि १५ लाख र सहकारी तर्फ १५ लाख रुपैयाँ उपाध्यक्ष बुढाले विनियोजन गर्नु भएको हो । आगामी आर्थिक वर्षका लागि तिला गाउँपालिकाले हिलोमुक्त सडकलाई विशेष जोड दिएको छ ।

हिलो मुक्त गाउँका निर्माण गर्न वडा नम्बर १ को रारागाउँका लागि २२ लाख ५० हजार, वडा नम्बर २ को लिही गाउँका लागि १० लाख, वडा नम्बर ३ को जोगिवाडाको लागि ४ लाख, दानीवाडाको लागि ६ लाख ५० हजार, थापागाउँमा ६ लाख, सार्कीवाडा देखि बाहुनवाडासम्म ६ लाख ५० हजार, पाडा लुम्सेराका लागि ३ लाख ५० हजार, वडा नम्बर ५ को चुलाकोटमा ५ लाख ५० हजार, वडा नम्बर ६ को सुडीगाउँमा ५ लाख, घोडेमा ५ लाख, वडा नम्बर ७ को पोख्ररीमा ५ लाख, तुहिमा ५ लाख, घोडेसिमा ५ लाख र वडा नम्बर ९ को ढिपु गाउँका लागि ८ लाख रुपैया हिलोमुक्त गाउँ निर्माणका लागि रकम विनियोजन भएको बुढाले बताउनुभयो ।

गाउँपालिकाले यस पटक अन्तिम बजेट ल्याएको हुँदा धेरै गाउँ हिलोमुक्त भइ सक्ने उपाध्यक्ष बुढाको भनाइ छ । तिला गाउँपालिकाले लोकप्रिय र जनताको आवश्यकताका आधारमा बजेट ल्याएको उहाँले बताउनु भयो । तिला गाउँपालिका जुम्लाका अध्यक्ष रतननाथ योगिले बजेटले सबै क्षेत्रलाई समावेश गरेको बताउनु भयो । तिला गाउँपालिकाले सुरुमा निर्माण गरेको योजनाका आधारमा बजेट विनियोन गरिएको उहाँले जानकारी गराउनु भयो ।

अध्यक्ष योगिका अनुसार वडा स्तरबाट माग भइ आएका योजनालाई गाउँपालिकाले बजेट विनियोजन गरेको बताउनु भयो । वडाबाट आवश्यकताका आधारमा माग भइ आएका योजनालाई गाउँसभाले बजेटको व्यवस्थापन गरेको उहाँको भनाइ छ । अन्तिम वर्षको बजेट भएकाले जनताको भवाना र आकांक्षा पुरा हुने गरी बजेटले सम्बोधन गरेको उहाँले बताउनु भयो ।

एक वडा एक पोषण मैत्री गाउँ, स्वास्थ्य संस्था र वडा कार्यालयहरुमा स्तनपान कक्ष, छोरी मात्र जन्माउने आमा तथा घरपरिवारलाई सचेतिकरण र सम्मान कार्यक्रम, गर्भवति आमाहरुको घरमा करेसाबारी निर्माण, आर्थिक अवस्था कमजोर भएका महिलाहरुको लागि लोकसेवा आयोग तयारी कक्षा र महिलाहरुलाई प्रेस कुकुर तथा ग्यास मर्मत लगायतका महत्वपूर्ण कार्यक्रम गाउँपालिकाले ल्याएको उहाँको भनाइ छ ।

समृद्ध र सुसम्पन गाउँपालिका निर्माणका लागि पर्यटकिय क्षेत्रको विकास गर्दै ग्रामिण क्षेत्रको सडक निर्माण तथा स्तरवृद्धि हुने उहाँले बताउनु भयो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मीनहावदुर रावलले जनप्रतिनिधिहरुले ल्याएका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नु कर्मचारीको दायित्व भएको बताउनु भयो ।

जनप्रतिनिधिहरुले ल्याएको नीति, कार्यक्रम र बजेटलाई हुबहु कार्यान्वयनमा कर्मचारीले सहयोग गर्ने उहाँको भनाइ छ । हामी नेपाल सरकारले तोकेको निमय भित्र रहेर काम गर्नका लागि आएका भन्दै उहाँले गाउँपाकिलाको भलाइ र जनताको सेवाका लागि खटिएर काम गर्ने छौँ ।