
नौरते नेपाली, असार ३० जुम्ला
जुम्लामा जातिय विभेदको मुद्दामा प्रहरीको उदासिन्ता र लाप्रवाहि देखिएको छ । अदालतले जातिय विभेद गरेको आरोपमा वडाध्यक्ष कालीवहादुर बुढा र उहाँका छोरा नविन बुढालाई प्रक्राउ पुर्जि जारी गर्दा पनि प्रहरीले समात्न सकेको छैन् । घटना अनुसन्धाको प्रक्रियामा रहेको बाहनामा पन्छिन र मुद्दालाई कमजोर गर्न प्रहरी लागि परेको पिडित विवेन्द्र नेपालीको भनाइ छ ।
आफुले असार महिनाको २५ गतेका दिन जातिय विभेद गर्ने सिंजा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कालीवहादुर बुढा र उहाँका छोरा नविन बुढाका नाममा जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिदा पनि प्रहरीले वास्ता नगरेको उहाँको आरोप छ । जिल्ला अदालत जुम्लाले आईतबारका दिन पक्राउ पुर्जी जारी गरेपनि प्रहरीले पिडितलाई पक्राउ गर्न नमानेको नेपालीको भनाइ छ । वडाध्यक्ष बुढालाई पक्राउ गर्न प्रहरीले विभिन्न बाहनाबाजी गरेको नेपालीले बताउनु भयो ।
दर्ता भएको जाहेरीलाई प्रहरीले अनुसन्धान र प्रक्रियाका नाममा अलटाल गर्दे पिडितलाई झनै पिडा दिने काम गरेको नेपालीको भनाइ छ । वडाध्यक्ष बुढालाई पक्राउ पुर्जि जारी भइ सक्दा पनि कानूनको दायरामा ल्याउन नसक्नु प्रहरीको कमजोरी र मिलोमत्तो रहेको उहाँको आरोप छ । सामान्य सूचनाका आधारमा अरोपितलाई पक्राउ गर्न सक्ने प्रहरीले अदालतको पक्राउ पुर्जिलाई वेवस्ता गर्दे पिडकलाई उन्मुक्ति गर्दै संरक्षण गर्न खोजेको पिडित विवेन्द्र नेपालीको भनाइ छ ।
राज्य नै जातिय विभेदको संरक्षक भएको उहाँले गम्भिर आरोप लगाउनु भयो । जातिय विभेदको विषयमा राज्यले शुन्यसहनशिल्ता अपनाए पनि प्रहरी प्रशासनले उदासिन्ता देखाएको उहाँको भनाइ छ । जाहेरी दर्ता भएको चार दिन भइसक्दा पनि प्रहरीले आरोपितलाई पक्राउ गर्न नसक्नु भनेको मुद्दालाई कमजोर गर्न र पिडितलाई उन्मुक्ति दिन खोजिएको उहाँको बुझाइ छ ।
जुम्लाका जुनसुकै ठाउँमा भएपनि पिडितलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन उहाँले प्रहरी प्रशासनसँग अनुरोध गर्नु भएको छ । यता प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले अदालतले पक्राउ पुर्जि जारी गरि सकेको हुनाले अरोपित उम्किन नसक्ने बताउनु भयो । प्रहरीले आफ्नो काम सुरु गरि सकेकोले कुनै पनि हालतमा पिडित पक्षलाई कानूनी दायरामा ल्याइ छाड्ने उहाँको भनाइ छ । अनुसन्धानको क्रममा रहेकाले सबै कुरा बाहिर बोल्न नमिल्ने उहाँले बताउनु भयो ।