
नौरते नेपाली, असार २६ जुम्ला
जुम्ला तिला गाउँपालिकाका १७ जना युवायुवतिहरुले आत्मनिर्भर हुन सीप सिकेका छन् । १० जना महिला र ७ जना पुरुष युवायुवतिहरुले आत्मनिर्भर हुन सीप सिकेका हुन् । ३ महिने सिलाई कटाई तालिमबाट उनिहरुले आत्मनिर्भर हुने सीप सिकेका हुन् । महिलाहरुले कुर्ता, सुरूवाल, म्याक्सि, पेटिकोट, पलाजु, चोलि, टोपी लगायतका सामाग्री बनाउन सिकेका छन भने पुरुषहरुले बजारमा चलेका कोट पाईन्ट र सर्ट सिलाउन सिकेका छन् ।
महिला तथा बालबालिका शाखा तिलाको सहयोगमा १७ जना युवायुवतिले स्वरोज हुने तालिम पाएका छन् । तालिममा सहभागिहरुले सिलाई कटाइ मेसिन पनि पाएका छन् । व्यवसायिक रुपमा सिलाई कटाई गरुन भन्नको लागि मेसिन उपलब्ध गराईएको हो । गएको चैत महिनाको २४ गतेबाट सुरू सिलाई कटाई तालिमको शुक्रबारका दिन समापन गरिएको हो ।
आधारभूत कुराहरु सिकेको तालिममा सहभागि दिलमाया थापाले बताउनु भयो । दलित समुदायले मात्रै सिलाई कटाई पेशा गर्छन भन्ने मान्यतालाई चिर्दे तालिममा सहभागि भएको उहाँको भनाइ छ । थापाका अनुसार सीपले गर्दा अब जीविकोपार्जनमा सहयोग पुग्ने बताउनु भयो । घरको चुलोचोकोमा सिमित महिलाहरू आर्थिक रूपमा सबल हुने उहाँको बुझाइ छ ।
सामान्य खर्चको लागि अरूसँग रकम माग्नु पर्ने समस्या टरेको उहाँको भनाइ छ । अर्का सहभागि कालिका बुढाले घरमा च्यातिएका बालबालिकाका कपडा मर्मत गर्न र इच्छा अनुसारका कुर्ता सुरुवात सिलाउन सक्ने भइ सकेको बताउनु भयो । उहाँका अनुसार तालिम दिने गाउँपालिका प्रति आभार प्रकट गर्दे सीप सिकेकाले अब खाली बस्न नपर्ने बताउनु भयो ।
कोट सिलाईका सहभागि मुनवहादुर परियार (शक्तिले) सीप नै रोजगार भएको प्रतिक्रिया दिनुभयो । बजारमा चलेका कोट सिलाईको ज्ञान नभएको भन्दै उहाँले तालिम पछि कोट सिलाईको ज्ञान प्राप्त भएको बताउनु भयो । विभिन्न स्तरका कोटाहरु हुने भएकाले त्यस्तै कोटहरू निर्माण गर्ने इच्छा गाउँपालिकाले पुरा गरेको उहाँले बताउनु भयो ।
सीप सिक्न चाहने युवाका लागि तालिमको आवश्यकता रहेको बताउँदै उहाँले सामान लिएर घरमा थन्काउने काम गर्न नहुने सुनाउनु भयो । गाउँपालिका अध्यक्ष रतननाथ योगिले जनप्रतिनिधिको कार्यकाल सकिन लागेको बेला सिकाएको सिपलाई निरन्तरता दिन सुझाव दिनु भएको छ । तालिममा सहभागि महिलाहरुले आफै सिलाएको कुर्ता सुरूवाल लगाएको देख्ने चाहना भएको उहाँको भनाइ छ ।
तालिम दिनको लागि मात्र दिईएको छैन अध्यक्ष योगिले भन्नुभयो यसलाई व्यवहारिक रुपमा प्रयोग गर्न अनुरोध गर्नु भएको छ । सिप सिकेका युवायुवतिले व्यवसाय गर्न चाहेमा गाउँपालिकाले सहुलियत ऋण उपलब्ध गराउन पहल गर्ने उहाँको भनाइ छ । युवाहरूलाई रोजगारिमा जोडदै गाउँपालिकालाई समृद्धिको बाटोमा लिने उद्देश्य रहेको अध्यक्ष योगिले बताउनु भयो ।
मौलिक संस्कृतिको जर्गेना गर्न पातर साघुमा काठको पुल निर्माण गरिएको भन्दै उहाँले जातको आधारमा नभइ रोजगारिको लागि पेशाका अगाल्न सबैलाई सुझाव दिनु भएको छ । रोजगारिका लागि गाउँपालिकामा ५ सय जना युवाले आवेदन दिएको जानकारी गराउँदै अध्यक्ष योगिले कोरोनो अवस्था सहज भएमा सबैलाई रोजगारी हुने सीप सिकाउन गाउँपालिका तयार रहेको जानकारी गराउनु भयो ।
उपाध्यक्ष विष्णु बुढाले रोजगारि सृजना हुने तालिममा सहभागी भएर सीप सिकेका सबैलाई धन्यवाद दिनु भएको छ । अरूको भरमा नभइ अब सीप सिकेर व्यवसायिक हुन उहाँले अनुरोध गर्नु भएको छ । कोट सिलाउन र बजारमा चलेका कुर्ता सुरुवात सिलाउन अब बजारमा जानु पर्ने समस्याको हल गर्नको लागि गाउँपालिकाले तालिमको आयोजना गरेको उहाँले बताउनु भयो ।
व्यवसाय गर्न इच्छुकलाई सहुलिय ऋण उपलब्ध गराउन विभिन्न बैँकहरुसँग गाउँपालिकाले पहल गर्ने बुढाले बचन दिनु भएको छ । तिला गाउँकार्यपालिका सदस्य लालवहादुर सुनारले परम्परागत सीपको संरक्षण गर्नको लागि गाउँपालिकाले तालिमको आयोजना गरेको बताउनु भयो । दलित समुदायले गर्दे आएको पेशा हराउदै जान थालेको भन्दै उहाँले अन्य समुदायले सिको गरेको जानकारी गराउनु भयो । परम्परा देखि गर्दे आएको व्यवसाय दलित समुदायले बिर्सेदै जान थालेकोमा उहाँले चिन्ता व्यक्त गर्नु भएको छ ।
तिला गाउँपालिका जुम्लाका सामाजिक विकास अधिकृत जगवहादुर बस्नेतले गाउँपालिकाले रोजगारी सृजना गरेको बताउनु भयो । कामको लागि कालापहाडमा जाने युवाहरुले सीप पाएको हुनाले अब उनिहरुले आफ्नै ठाउँमा केहि गर्न सक्ने उहाँको भनाइ छ । दलितले मात्र सिलाईकटाई गर्छन भन्ने बुझाइलाई चिर्दे अन्य समुदायका महिलाहरुले सीप सिकेकोमा उहाँले खुसी व्यक्त गर्नु भएको छ ।
बेरोजगार युवायुवतिलाई दिनको लागि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष अग्रसर रहेको उहाँको भनाइ छ । महिला तथा बालबालिका शाखाका गौरि थापाले आत्मनिर्भर र रोजगारि सृजना गर्ने हेतुले तालिमको आयोजना गरिएको बताउनु भयो । सिलाई कटाई तालिम पाएकाहरुलाई पुनताजगि तालिमको लागि गाउँपालिकासँग अनुरोध गर्ने उहाँको भनाइ छ ।
प्रशिक्षक प्रेम परियारले रोजगारि नपाई भौतारिएर भारतमा ज्याला मजदुरि गर्न जाने युवाहरुले तालिम पाएको हुनाले सहज बनाएको बताउनु भयो ।