नौरते नेपाली, असार २६ जुम्ला
कर्णाली प्रदेश सरकारले १० वर्षे शिक्षा क्षेत्रको गुरु योजना निर्माण गरेको छ । १० वर्षसम्मको लागि कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रको विकासको लागि गुरुयोजना निर्माण गरेको हो । शिक्षा क्षेत्रमा पछि रहेको प्रदेशको अवस्थालाई सुधार गर्दे गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देयले सामाजिक विकास मन्त्रालयले १० वर्षे शिक्षा क्षेत्रको गुरुयोजना निर्माण गरेको हो ।
गुरु योजानालाई मुर्त रुप दिनका लागि प्रत्येक जिल्लाबाट सुझाव संकलनको कार्य भइरहेको छ । सोहि अनुसार शुक्रबारका दिन जुम्लामा कार्यशाला गोष्ठिको आयोजना गरि गुरु योजना माथि सुझाव संकलन गर्ने कार्य भएको छ । प्रदेश सरकारले निर्माण गरेको गुरुयोजनाको जानकारी गराईएको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका इकाई प्रमुख मक्करवहादुर भण्डारीले जानकारी गराउनु भयो ।
प्रदेश सरकारले मस्यौदाका रुपमा तयार पारेको गुरुयोजनाको अध्ययन गरि सुझाव दिन उहाँले सरोकारवाला निकायलाई जानकारी दिनुभयो । गहिरो अध्ययन गरि शिक्षा क्षेत्रमा प्रदेस सरकारले उल्लेख गर्न छुटाएको कुरालाई सुझाव दिन पनि उहाँले अनुरोध गर्नु भएको छ । शिक्षा समूहको आयोजना र किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोगमा १० वर्षे शिक्षा क्षेत्रको गुरुयोजनाको जानकारी तथा सुझाव संकलनको काम थालनी भएको भण्डारीको भनाइ छ ।
गुरुयोजनाको अध्ययन गरि सकेपछि सुधार गर्नु पर्ने तथा छुटेको कुरालाई समावेश गर्नको लागि सुझावको अपेक्षा गरिएको उहाँले बताउनु भयो । प्रदेश सरकारले शिक्षा क्षेत्रमा गर्न खोजेको नमूना कामको लागि सबैले सहयोग गर्नु पर्ने भण्डारीको भनाइ छ । उहाँका अनुसार जुम्लाको हावापानी र वातावारण सुहाउदो कुराहरु गुरुयोजनामा समावेश गर्नको लागि सुझाव दिन अनुरोध गर्नु भएको छ । शैक्षिक गुणस्तर सुधारका लागि गुरुयोजनाले महत्वपूर्ण भूमिका खेल्ने इकाई प्रमुख भण्डारीले जानकारी गराउनु भयो ।
कर्णालीलाई प्रदेश सरकारले शैक्षिक हबका रुपमा विकास गर्नु पर्ने भन्दै उहाँले शिक्षामा अनुदान दिने कुराहरु उल्लेख हुनु पर्ने बताउनु भयो । उच्च शिक्षा हासिल गर्न चाहने जेहेन्दार विद्यार्थीका लागि अनुदान आवश्यक पर्ने भण्डारीको भनाइ छ ।