
असार २२ जुम्ला
तिनवटा स्थानीय तहका ४ सय २० जना नागरिकलाई खाद्यन्न वितरण गरिएको छ । आर्थिक रुपमा कमजोर भएका नागरिकलाई राहत वितरण गरिएको हो । तिला तातोपानी, गुठीचौर, पातारासी गाउँपालिका र चन्दननाथ गाउपालिका भित्रका ४ सय २० जना नागरिकलाई राहत वितरण गरिएको छ ।
वर्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) नेपाल जुम्लाको साझेदारीमा संचालित कभर–२ आयोजना अन्तर्गत कोभिड–१९ द्वारा प्रभावित घरधुरीका सदस्यहरुलाइ खाद्यन्न वितरण गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमवहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोनाका कारणले कामगरी खाने घरपरिवार मर्कामा परेको हुनाले खाद्यन्न वितरण गरिएको जानकारी गराउनु भयो । राहतको प्याकेज नेपाल सरकारको मापदण्ड अनुरुप वितरण गरिएको उहाँले बताउनु भयो । ३० केजीको सोना मन्सुली मसिनो चामल, ३ केजि दाल, २ केजि चिनी, २ लिटर तेल, २ केजि नुन र ४ वटा साबुन राहत वापत वितरण गरिएको शाहीले बताउनु भयो ।
प्रति व्यक्ति ३ हजार २ सय ८७ रुपैयाँ ५६ पैशाका दरले राहत वितरण गरिएको उहाँको भनाइ छ । ४ सय २० जनालाइ वितरण गरिएको खाद्यन्नको लागत १३ लाख ८० हजार ८ सय १३ रुपैयाँ बराबरको सहयोग गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड कार्यक्रम प्रबन्धक भेष बहादुर रावलले बताउनु भयो ।
किडार्क नेपाल जुम्लाले वर्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जीविको पार्जनमा सहयोग गरेको छ । कोरोना प्रभावित घरधुरीको व्यवसाय पुर्नस्थापनाको लागि, कृषि पेशालाइ प्रवद्र्धन गर्दै जिविकोपार्जनको लागि, राहत सामाग्री तथा खाद्यन्न वितरणमा झन्डै ४ करोड हाराहारी खर्च गरेको छ ।
वर्डभिजन इन्टरनेशनल नेपाल र किडार्क नेपालको साझेदारीमा यस्ता क्रियाकलाप तथा राहत वितरणको कार्य निरन्तर रहेने किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशम बहादुर शाहीले जानकारी गराउनुभयो ।