दामदासेको गुम्बामा शौचालय निर्माण – Karnali News

दामदासेको गुम्बामा शौचालय निर्माण

 १९ असार २०७८, शनिबार ०६:५३  

नौरते नेपाली, असार १९ जुम्ला
जुम्ला गुठीचौर गाउँपालिका वडा नम्बर ३ दामदासे गाउँमा रहेको गुम्बामा आउने भक्तजनका लागि शौचालय निर्माण गरिएको छ । गुठीचौर गाउँपालिका जुम्लाको सहयोगमा महिला र पुरुषका लागि प्रयोग गर्न मिल्ने छुट्टाछुट्टै शौचालय निर्माण गरिएको हो । दामदासे गाउँमा जनजाति समुदायको मात्रै बसोबास रहेको छ । जम्मा ७ वटा मात्रै जनजाति समुदायका घरहरु रहेका छन् ।

उक्त गाउँमा जनजाति समुदायहरुको बसोबास रहेको छ । गुम्बामा पुजा चलेको बेला धेरै जनाको जमघट हुने र दिशा पिसाब गर्न समस्या हुने भएकाले गाउँपालिकाले शौचालय निर्माण गरेको हो । गुठीचौर गाउँपालिकाको दुर्गम र पछि परेका जनजाति समुदायले मान्दै आएको अस्था र धरोहरको प्रर्वद्धन तथा विकास गर्नको लागि पहिलो चरणमा शौचालय निर्माण गरिएको गाउँपालिका अध्यक्ष हरीवहादुर भण्डारीले बताउनु भयो ।

गुम्बामा पुजा चलेको बेला धेरै मानिसको उपस्थित हुने र शौच गर्न समस्या हुने भएकाले ३ लाख रुपैयाँको लागतमा शौचालय निर्माण गरिएको उहाँको भनाइ छ । शौचालय निर्माण भएकाले पुजा चलेको महिला दिसापिसाब गर्न सहज हुने उहाँले जानकारी गराउनु भयो । जनजाति समुदायको हितका लागि जीर्ण रहेको गुम्बा निर्माणका लागि गाउँपालिका सकरात्मक रहेको अध्यक्ष भण्डारीले बताउनु भयो ।

खुल्ला रुपमा गरिने दिशा र पिसाबको व्यवस्थापनका लागि शौचालय निर्माण गरिएको उहाँको भनाइ छ । अध्यक्ष भण्डारीका अनुसार गाउँमा हुने फोहोर मैला व्यवस्थापन गर्न शौचालयले सयोग गर्ने जानकारी गराउनु भयो । निर्माण भएको शौचालयको सहि रुपमा सदुपयोग गर्न पनि उहाँले दामदासेबासिलाई आग्रह गर्नु भएको छ ।

दामदासे गाउँमा जाने बाटोको स्तरवृद्धि र गुम्बा आफ्नै कार्यकालमा निर्माण गर्ने उहाँले बचनवद्धता गर्नु भएको छ । दामदासे गाउँलाई नयाँ गाउँको नामाकरण गर्दे बस्ति विकासमा ध्यान दिने अध्यक्ष भण्डारीले बताउनु भयो । दामदासे गाउँमा खानेपानी, विजुली, सिंचाइ र सडक पुगी सकेको बताउदै उहाँले बाटोको स्तरवृद्धिका लागि गाउँपालिकाको आफ्नै डोजर प्रयोग गरिने जानकारी गराउनु भयो ।

दामदासे गाउँका स्थानीय तथा होटल व्यवसायिक नुब्रु लामाले विकट गाउँमा रहेको गुम्बामा चल्ने पुजामा आउने भक्तजनका लागि प्रयोग गर्न मिल्ने शौचालय गाउँपालिकाले निर्माण गरेकोमा धन्यवाद व्यक्त गर्नु भएको छ । दामदासे गाउँमा रहेका जानजातिहरुको पुजा गर्ने गुम्बा जीर्ण अवस्थामा रहेकाले निर्माणका लागि सहयोग गरि दिन उहाँले अनुरोध गर्नु भएको छ ।

जनजातिको प्रमुख आस्था र विश्वासको केन्द्र गुम्बा भएकाले जीर्ण अवस्थामा रहेको गुम्बा निर्माणका लागि स्थानीय सरकारलाई विशेष ध्यान दिन उहाँले अनुरोध गर्नु भएको हो । दामदासे गाउँ जल, जमिन, जडिबुटी र पर्यटकिय क्षेत्रको संभावना भएकाले होमस्टे संचालनका लागि ध्यान दिन उहाँले आग्रह गर्नु भएको छ ।

वस्ति सानो भएकाले विकास निर्माणका लागि जोड दिन उहाँले स्थानीय सरकारको ध्यान आकर्षण गराउनु भएको छ । लामाका अनुसार दामदासे गाउँ संभावना र जडिबुटीको भण्डार भएको उल्लेख गर्नु भयो । जंगलको बिचमा रहेको गाउँको विकास गरेमा गुठीचौर गाउँपालिकाको समृद्धिको बाटो खुल्ने लामाको भनाइ छ ।

अर्का स्थानीय कार्मा रोकायाले जनजातिको मात्रै बसोबास रहेको गाउँमा सीपमुलक र आयआर्जनका कार्यक्रम संचालन गरि दिन गाउँपालिकालाई अनुरोध गर्नु भएको छ । गाउमा स्वास्थ्य चौकि नभएकाले उपचारको लागि गाउँपालिका रहेको स्थानमा पुग्नु पर्ने बाध्यता रहेको उहाँले सुनाउनु भयो ।

विरामी हुँदा बोकेर लिनका लागि बाटो राम्रो नभएकाले समस्या भोग्नु परेको रोकायाको भनाइ छ । वर्षाको सिजनमा जंगलका बाटो हिड्नु पर्ने भएकाले जंगली जनवारको डर हुने गरेको भन्दै उहाँले चौडा र सधै चल्ने बाटो निर्माणमा स्थानीय सरकारले सहयोग गर्नु पर्ने उहाँको भनाइ छ । गुम्बामा आउने भक्तजनका लागि प्रयोग गर्ने शौचालय गाउँपालिकाले निर्माण गरि दिएकोमा उहाँले धन्यावाद दिनु भएको छ ।

गुम्बामा पुजा चलेको बेला खाना पकाउने ठाउँको अभाव भएको हुनाले यसतर्फ पनि सहयोग गरि दिन उहाँले गाउँपालिकालाई अनुरोध गर्नु भएको छ । पुजा चलेको बेला खानपान कार्यक्रममा पाल टाग्नु पर्ने समस रहेको उहाँले सुनाउनु भयो ।