
नौरते नेपाली, असार १७ जुम्ला
मर्सिकोर नेपालले जिल्ला संकट व्यवस्थापन समिति जुम्लालाई २० थान अक्सिजन कन्सरटे्टर र ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । अक्सिनको अभावले कोरोनाको विरामीको मृत्यु नहोस भनेर अक्सिजन कन्सरटे«टर र अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो । अक्सिजन कन्सरटे«टरले अक्सिजन उत्पादनको काम गर्ने मर्सिकोर नेपालका प्रकाश केसीले जानकारी दिनुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार गराई रहेका कोरोना विरामीलाई सहयोग पुगोस भनेर अक्सिजन कन्सरटेटर र अक्सिजन सिलिण्डर जिल्ला संकट व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको उहाँले जानकारी गराउनु भयो । किर्डाक नेपाल जुम्लाको साझेदारी र मर्सिकोर नेपालको सहयोगमा हस्तान्तरण गरिएका सामाग्री जिल्ला संकट व्यवस्थापन समिति जुम्लाले आवश्यकताका आधारमा वितरण गर्न सक्ने केसीको भनाइ छ ।
संकटको घडीमा कोरोनाका विरामीको पिडामा सहयोग गर्ने काम भएको उहाँले बताउनु भयो । मर्सिकोर नेपालले यो भन्दा पहिले पनि जिल्ला संकट व्यवस्थापन समिति मार्फत ५ सय ५० सर्जिकल मास्क, सेनिटाइजर पाँच एमएलको १ हजार, पुन प्रयोग गर्न मिल्ने पिपिइ ३ सय र होम किट ८५ वटा लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराई सकेको उहाँले बताउनु भयो ।
४१ लाख ८० हजार रुपैया बराबरको अक्सिजन कन्सरटे«टर र अक्सिजन सिलिण्डर प्रदान गरिएको केसीको भनाइ छ । सामाजिक उत्तरदायित्व पुरा गर्नको लागि कोरोनाका विरामीलाई लक्षित गरी अक्सिजन कन्सरटेटर र अक्सिजन सिलिण्डर उपलब्ध गराईएको उहाँले बताउनु भयो ।
यता अक्सिजन कन्सरटेटर र अक्सिजन सिलिण्डर बुझ्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जिल्ला संकट व्यवस्थापन समितिलाई प्राप्त भएका सामाग्री आवश्यकताका आधारमा वितरण गरिने बताउनुभयो । अक्सिनको अभावमा कोरोनाका विरामीको ज्यान बचाउनको लागि अक्सिजन कन्सरटे«टरले महत्वपूर्ण काम गर्ने उहाँको भनाइ छ ।
कोरोना माहामारीको रोकथाम तथा नियन्त्रणका लागि सबै एकजुट हुनु पर्ने भन्दै थापाले एकद्धार प्रणाली मार्फत प्राप्त भएका सामाग्री वितरणमा सहज भएको बताउनु भयो । किर्डाक नेपालको साझेदारीमा मर्सिकोर नेपालले उपलब्ध गराएको अक्सिजन कन्सरटे«टर र अक्सिजन सिलिण्डर आवश्यकता आधारमा स्थानीय तह र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई वितरण गर्ने थापाको भनाइ छ ।
कोरोनाले गर्दा जुम्लाका ६, कालिकोटका २ र सुर्खेत १ जना गरि हालसम्म ९ जनाको ज्यान गई सकेको जानकारी उहाँले जानकारी गराउनु भयो । अक्सिजनको अभावमा कोरोनाका विरामीको ज्यान बचाउनको लागि दाता र अन्य निकायले गरेको सहयोग प्रति उहाँले अभार प्रकट गर्नु भएको छ । विषम अवस्थासँग जुध्नको लागि सबैको सहयोगबाट कोरोनाको युद्ध जित्न सकिने प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भयो ।