एनिशा हमाल, असार ११ जुम्ला
कोभिड १९ बाट प्रभावित भई होम आइसोलेसनमा भएका बिरामीहरुको सहयोगार्थ होम आइसोलेसन किट जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाइ हस्तान्तरण गरिएको छ । युएसएआडि नेपालको सहयोग तथा मर्सिकोर नेपाल सहयोग र किर्डाक नेपालकोे साझेदारीमा उक्त सामाग्री हस्तान्तरण गरिएको मर्सिकोर नेपाल जुम्लाका कलस्टर प्रमुख प्रकाश कुमार केसिले बताउनु भयो ।
कोभिड संक्रमित भएर होम आइसोलेसनमा बसेका संक्रमितलाई सहयोग होस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री वितरण गरेका उहाँले जानकारी दिनुभयो । स्वास्थ्य सामाग्री महिला, बालबालिका, अपाङ्ग भएका व्यक्ति र दलितहरुलाई बिषेश प्राथमिक्तामा राखेर वितरण गरेको केसीको भनाइ छ ।
पिपिई ३ सय थान, मास्क ५ सय ५० प्याकेट र सेनिटाइजर १ हजार बोतल हस्तान्तरण गरिएको हो । होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्यमा सुधार आइ छिटै कोरोना संक्रमणबाट मुक्ति मिलोस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको मर्सिकोर नेपालका जेसि अधिकृत शुक्र बहादुर विकको भनाइ छ ।
विकका अनुसार वितरण गरिएको स्वास्थ्य सामाग्रीमा डिजिटल थर्मामिटर १ थान, ब्याट्री सहितको अक्सिमिटर १ थान, २ सय ५० लिटरको १ बोतल सेनिटाइजर र वयस्कहरुको लागी ५० थान मास्क हस्तान्तरण गरिएको हो । त्यस्तै पन्जा १ प्याकेट, टिस्यु पेपर २ रोल, सेनेटरी प्याकेट हस्तान्तरण गरिएको छ ।
त्यसैगरी, बच्चाहरुको लागि सर्जिकल मास्क ५० थान, हात धुने साबुन २ थान र यी सम्पूर्ण सामाग्री अटाउने झोला समेत हस्तान्तरण गरेको विकले जानकारी दिनुभयो । उक्त स्वास्थ्य सामाग्री जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई हस्तान्तरण गरिएको उहाँले बताउनु भयो ।
७ लाख २५ हजार रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको विकले जानकारी गराउनु भयो । सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले स्वास्थ्य सामाग्री वितरण गरेकोमा मर्सिकोर नेपाल र किर्डाक नेपाललाई धन्यवाद समेत दिनुभयो छ । होम आइसोलेसनमा बसेकाहरुको मनोबल उच्च गर्न र कोरोना जित्नको मर्सिकोर नेपालले गरेको सहयोगलाई उहाँले स्वागत गर्नु भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई प्राप्त भएका स्वास्थ्य सामाग्रीहरु आवश्यकताका आधारमा वितरण हुने थापाले बताउनु भयो । सहयोग गर्ने निकायलाई एकद्धरा प्रणाली मार्फत सामाग्री उललब्ध गराउन उहाँले अनुरोध गर्नु भएको छ । कोरोनाको युद्धलाई पराजित गर्नको सबै मिल्नुको विकल्प नरहेको थापाले बताउनु भयो ।