
असार ४ जुम्ला
हिमा गाउँपालिका वडा नम्बर ६ र ७ पाथरखोला गाउँमा वाढीपहिरोका कारण १० वटा घर भत्किएका छन । जसमा खल्ढुङ्गा स्थित रत्नराज अधिकारी, भक्त अधिकारी, मुनराज अधिकारी, पुन्न अधिकारी, सिहं अधिकारी, नय अधिकारी, दलिवाडाका रति दमाई, गज दमाई र डाडा बाडाका सुर्ज शाही, परेक शाहीको घर भत्किएको छ ।
५० घर पहिरोको उच्च जोखिममा रहेका छन । भने ८० घर जोखिममा रहेका छन । अहिले सम्म क्षतिको एकिन विवरण आइ सकेको छैन । जनता शिव प्रथामिक बिद्यालयको फिल्ड र भवनलाई पहिरोले पूर्ण रुपले क्षति पुर्याएको छ । ७ नम्बर वडा स्थित खल्ढुङ्गा वालविकास केन्द्रको भवन, शौचालय र खेल मैदान पूर्ण रुपले क्षति भएको छ ।
गाउँ बस्ती भिरालो ठाउमा भएकोले गाउँ भन्दा तलबाट पहिरो र माथि बाट ढुंगा र पहिरोले अझै जनधनको ठुलो क्षति हुने संभावना रहेको छ । आइतबारवाट निरन्तर परेको अविरल मुसलधारे बर्षाले गर्दा गाउँ ८० घरका बासिन्दा बाढी पहिरोको त्रासले घर छोडेर पाल मुनि ओत वसिरहेका छन ।
भने गाउँ धेरै बासिन्दा गाई बाख्रा लिए लेख तिर गएका छन । अहिलेसम्म स्थानीय सरकार र संघ संस्थाबाट जोखिम अवस्थाको बारेमा जाचबुझ नगरिएको स्थानीय बासिको गुनासो छ । कर्णाली प्रदेशले उक्त गाउलाई जोखिम भएको घोषणा २०७७ सालमा गरिसकेको बस्तीलाई सुरक्षित ठाउमा स्थानान्तरण गर्ने भनिएता पनि अहिलेसम्म कार्यान्वयन हुन नसक्दा स्थानीय बासिले अझै ठुलो क्षति व्यहोर्नु पर्ने देखिन्छ ।
यता हिमा गाउँपालिका अध्यक्ष रजवहादुर शाहीले पाथरखोला गाउँलाई सार्नको लागि दुई वर्ष पहिले स्थानीय सरकारले गरि सकेको बताउनु भयो । बाढी पहिरो पिडित परिवारलाई राहत दिने विषयमा छलफल भइ सकेको उहाँले बताउनु भयो । यो समाचार हामीलाई पाथरखोला गाउँबाट धर्मेन्द्र अधिकारीले पठाउनु भएको हो ।
अविरल वर्षाका कारण चन्दननाथ नगरपालिका १ का लंक अधिकारीको घरको एकतिरको भाग भत्किएको छ । एक हप्ता देखि परेको अबिरल वर्षाको कारण घरको एकतिरको भाग भत्किएको र अरु सबै घर चर्किएको घरधनि लंक अधिकारीले बताउनु भयो । दिउँसोको समय भएकाले जनधनको क्षेति भने नभएको उहाँले बताउनु भयो ।
आफुलाइ बासको समस्या भएको उहाँको भनाइ छ । वडा कार्यालय मार्फत सहयोगको लागि रेडक्रस सोसाइटीमा अनुरोध गरेको उहाँले जानकारी गराउनु भयो । रेडक्रसले पनि सकरात्मक प्रतिक्रिया दिएको उहाँले बताउनु भयो । यस्तै तिला गाउँपालिका वडा नम्बर ८ पुरुमा बिहिबार नदिमाको वाहाव बढेपछि घट्टको बाँध र विद्युतको बाँध बगाएको स्थानीय नरबहादुर राणाले जानकारी दिनुभयो ।
नदिले कटान गर्दा खेतबारीमा लगाएका गहुँ, मकै र धान बालीमा पनि ठुलो क्षति भएको उहाँले बताउनु भयो । पुरुका १ सय १८ घरधुरीको ५० देखि ६० हेक्टर जमिनमा क्षति पुगेको उहाँले बताउनु भयो । ५० देखि ६० लाख सम्मको क्षेति भएको उहाँले बताउनु भयो । सहयोगका लागि स्थाीनय सरकार र अन्य सरोकासवाला निकाय समक्ष अनुरोध राणले अनुरोध गर्नु भएको छ ।
यस्तै तिला ६ कै घोडेमहादेवमा वर्षाकै कारण २ वटा घट्ट र १ वटा काठेपुल बगाएको स्थानीय गोर्ख बहादुर रोकायाले जानकारी दिनुभयो । कामको सिजन भएका बेला काठेपुल बगाउँदा झण्डै ८० घरधुरीलाइ खेतिपाति गर्न समस्या भएको उहाँले बताउनु भयो । किसानले लगाएकको गहँु, मकै, जौँ, फापर, आलु बालीमा क्षेति भएको पनि उहाँको भनाइ छ ।
क्षेतिको विवरण भने आउन बाँकि रहेको उहाँले बताउनु भयो । यस्तै भारि बर्षाका कारण हिमा गाउँपालिका वडा नम्बर ६ कै खलढुङ्गामा लगातार परेको पानिले आएको पहिरोले खानेपानिको ट्याङ्कीको क्षेती पुयाएको छ । वडा नम्वर ६ का करिव ८४ घरदुरी लाइ खानेपानिको समस्या परेको छ ।
गाउँको १ घर १ धारा खानेपानिको ट्याङ्कीमा क्षेती पुर्याउदा खानेपानिको समसया भएको स्थानीयहरुले बताएका छन । स्थानियका अनुसार खानेपानिमा अभिरल बर्षाका कारणले क्षेती पुर्याउदा स्थानिय नागरिकहरु खोलाको फोहोर पानी पिउन बाध्य भएका छन । पहिले घर घरमा एक धारा हुदा बाहीर गएर पानि ल्याउनु पर्ने बाध्यता हटेको थियो ।
भारी बर्षाका कारणले खानेपनिको ट्याङ्कीमा क्षेती पुयाउदा खोलाको दुषित पानी खान बाध्य भएको स्थानीयहरुले बताएका छन । यसैगरि, जुम्लाको तिला गाउँपालिका वडा नम्बर ७ घोडेसिङमा ४ रोपनि खेतमा क्षेति पुगेको छ । साथै सिंचाइ गर्ने कुलो अबरुद्ध भएको स्थानीय राम बहादुर बुढाले जानकारि दिनु भयो । भिरालो जग्गा भएकाले ८५ घरधुरि जोखिममा रहेको उहाको भनाइ छ ।