
नौरते नेपाली, असार ३ जुम्ला
रेडियो कर्णाली एफएम १०५ टिम्को २ मेगाहर्ज जुम्ला विहिबारका दिनबाट १७ वर्ष पुरा गरी १८ वर्षमा प्रवेश गरेको छ । कर्णालीको विकासमा सञ्चार माध्यमको भूमिकालाई मध्यनजर गर्दै कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले २०६१ साल असार ३ गतेका दिन रेडियो कर्णालीको स्थापना गरेको थियो ।
१७ औँ बसन्तको अवधिसम्म आईपुग्दा रेडियो कर्णाली जुम्लाले विकास, सुशासन, भ्रष्टचार नियन्त्रणर र सदाचार लगायतका क्षेत्रमा काम गर्दै आएको छ । रेडियो कर्णाली अहिले रेडियो माउन्टेन एफएमसँगको सहकार्यमा जुम्लाका ८ वटै स्थानीय तह र सुदुर तथा मध्यपश्चीमका विभिन्न भूभागमा सुनिने गरेको छ ।
सार्वजनिक निकायलाई पारदर्शि, नागरिकप्रति जवाफदेहि र उत्तरदायि बनाउन पहल गर्ने रेडियोको उद्देश्य रहेको रेडियो कर्णालीका स्टेशन म्यानेर गोर्खवहादुर थापाले बताउनु भयो । जुम्लाका दुरदराजमा रहेका नागरिकहरुलाई रेडयो कर्णाली सूचना दिने एक विश्वासिलो माध्यम र सबैको दुःख सुःख को शारथी बनेको छ ।
रेडियो कर्णालीको स्थापना दिवसको अवसरमा फोनबाट सरोकारवाला निकायको शुभकामना लिईएको छ । स्थापना दिवसको अवसरमा शुभकामना दिदै विघठित प्रतिनिधिसभा सांसद गजेन्द्र बहादुर महतले रेडियो कर्णाली जुम्ला १८ वर्षमा प्रवेश गरेको अवसरमा दिनदुखी र आवाज विहिनको आवाज बन्न सुझाव दिनु भएको छ ।
सूचना र संचार क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दे उहाँले आगामी दिनमा अनुसन्धानमुलका कार्यक्रम तथा समाचार प्रशारणमा ध्यान दिन अनुरोध गर्नु भएको छ । उहाँका अनुसार अझै लुकेर रहेका विकृति विसंगतिका कुरालाइ बुलन्द बनाउन रेडियोले ठुलो भूमिका खेल्न आग्रह गर्नु भएको छ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालवहादुर सार्कीले संचार क्षेत्रको जुम्लामा विकास गराउन रेडियो कर्णालीले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । जुम्लाका नागरिकलाई सूचना प्रवाहमा सकरात्मक भूमिका खेल्न उहाँले रेडियो कर्णालीलाई सुझाव दिनु भएको छ ।
कर्णाली स्वास्थ्या विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डाक्टर मंगल रावलले अहिलेको यो पुस्ताको लागि संचार माध्यम अतिआवश्यक रहेको बताउनु भयो ।
प्रतिष्ठानमा रहेका विशेषज्ञ चिकित्सकसँग समन्वय गरी स्वास्थ्य सम्बन्धि रेडियो कार्यक्रम संचालनमा ध्यान दिन उहाँले सुझाव दिनु भएको छ । विषम अवस्थाको घडीमा संचार क्षेत्रले नागरिकलाई सत्य सूचना दिएर सचेत गराएको रावलको भनाइ छ । स्वास्थ्य शिक्षामा कर्णाली प्रदेशनै पछाडि रहेकोले स्वास्थ्य शिक्षाका कुरालाइ विषेश प्राथामिकतामा राखेर जनचेतनामुलक कार्यक्रमलाई जोड दिन उहाँले सुझाब दिनुभएको छ।
यस्तै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले गाउँवस्तिमा रहेका नागरिकको सूचना पाउने अधिकारलाइ सुनिश्चित गर्न शुभकामाना दिनुभएको छ । रेडियोबाट प्रशारण हुने सामाग्री नागरिकमैत्री र सूचनामुलक हुनु पर्ने उहाँको भनाइ छ । संचार क्षेत्रले खेल्नु पर्ने भूमिका रेडियो कर्णाली जुम्लाले निर्वाह गरेको भन्दै प्रमुख जिल्ला अधिकारी थापाले खोज र अनुसन्धानमुलक सामाग्री उत्पादनमा ध्यान दिन आग्रह गर्नु भएको छ ।
कोरोनाको विषम परिस्थितिमा रेडियोले सकरात्मक सन्देश प्रसारित गरेर सबैलाइ सहि सूचना प्रदान गरेमा उहाँले धन्यवाद समेत दिनु भएको छ। किडार्क नेपालका अध्यक्ष रत्नलाल कुलालले सूचनाको कमीले हुने गरिबीलाई हटाउन रेडियो कर्णालीको स्थापना भएको बताउनु भयो । जुम्लामा सूचना प्राप्त गर्ने कुनै पनि माध्यम नभएको बेला रेडियो कर्णाली जुम्लाको स्थापना भएको उहाँले जानकारी गराउनु भयो ।
नागरिकहरुलाइ सूचना दिने एक मात्रा विश्वासिलो माध्यम र जुम्लामा पत्रकारहरु उत्पादन गर्ने कमा रेडियो कर्णालीले गर्दे आएको उहाँले बताउनु भयो । किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले कर्णाली र जुम्लाका कुरा राज्य तहसम्म पुराउन किर्डाक नेपालले रेडियो कर्णालीको स्थापना गरेको बताउनु भयो ।
किर्डाक नेपालले २०६० सालमा कर्णाली प्राविधिक शिक्षालयमा गरेको सम्मेलनबाट उठान भएको मुद्दा अनुसार रेडियो कर्णालीको स्थापना भएको उहाँले जानकारी दिनुभयो। यस्तै तिला गाउँपालिका जुम्लाका अध्यक्ष रतननाथ योगिले संचार क्षेत्र निष्पक्ष र स्वतन्त्र हुनु पर्ने बताउनु भयो । स्थानीय सरकारले गरेका कतिपय कामहरु संचार माध्यम आउन नसकेको बताउनु भयो । नागरिक प्रति जवाफदेहि र उत्तरदायि भएर सूचना तथा कार्यक्रम प्रशारण गर्न उहाँले सुझाव दिनु भएको छ ।
पछिल्लो समय व्यक्ति पिच्छे अनलाइन पत्रिकाहरु चलाउने र निष्पक्ष र पार्दशिताका कुरालाइ विर्सिने प्रविधिले गर्दा विश्वासिलो संचार माध्यम नै नभएको बेला यो रेडियोले निष्पक्ष समाचार र सूचना सम्प्रेषण गर्न योगीले अनुरोध गर्नु भएको छ । यसैगरी जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा, नेपाली काँग्रेसका संगठन विभाग प्रमुल लक्ष्मण शाही, गैर सरकारी संस्था महासंघ जुम्लाका अध्यक्ष अमर रोकाया, उद्योग वाणिज्य संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष परीचन्द्र देवकोटा लगायतका व्यक्तिहरुले रेडियो कर्णालीको स्थापना दिवसको अवसरमा शुभकामना दिएका छन् ।
दिवसका अवसरमा रेडियो कर्णाली जुम्लाले माया तथा हौसला प्रदान गर्ने सम्पूर्ण श्रोता, स्थानीय तह, विज्ञापन दाता, साझेदार संघ संस्था लगायत सबैलाइ धन्यवाद ज्ञापन गरेको छ ।