
एनिसा हमाल, असार १ जुम्ला
जुम्लामा पुन एक हप्ताको लागि निषेधाज्ञा थप गरिएको छ । सोमबार राति १२ बजे देखि लागु हुने गरि असार ७ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिनुभयो । कोरोना माहामारी अझै पनि नियन्त्रणमा आउन नसकेपछि निषेधाज्ञा थप गरिएको उहाँले बताउनु भयो ।
यो पटक भने निषेधाज्ञालाई पहिले भन्दा अलि खुकुलो बनाइएको उहाँको भनाइ छ । यो निषेधाज्ञामा अतिआवश्यकका पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म खोल्ने निर्णय भएको उहाँले बताउनु भयो । यो सहित जुम्लामा पाचौँ पटक निषेधाज्ञा गरिएको उहाँले बताउनु भयो । सरकारी कार्यालयमा आवश्यकता अनुसार एक चौथाई कर्मचारी उपस्थित भएर सेवा दिन सक्ने उहाँको भनाइ छ ।
विकास निर्माणका सामाग्री ढुवानी गर्ने बाँहेक अन्य सवारी सधानलाई आवात जावतमा पूर्ण रुपमा बन्द गरिएको चौलागाँईले बताउनु भयो । यस्तै जुम्लामा कोरोना सक्रिय संक्रमितको संख्या ६ सय ४६ पुगेको छ । जिल्ला प्रसासन कार्यालय जुम्लाको तथाङ्क अनुसार सोमबारका दिनमा २३ जनाको पिसिआर गर्दा १५ जनामा संक्रमण देखिएको छ ।
८ जनाको रिपोट भने नेगेटिभ आएको चौलागाइले बताउनु भयो । उहाँका अनुसार सोमबारका दिन भने एन्टिजेन परिक्षण गरिएको छैन । सोमबार १५ जनामा संक्रमण पुष्टि भएसँगै जुम्लामा संक्रमण हुनेको संख्या ६ सय ४६ पुगेको उहाँले बताउनु भयो । सोमबारका दिनमा मात्र १० जनाले कोरोना जितेर घर फर्किएका छन ।
यो संगै कोरोना जितेर घर फर्किनेको संख्या ४ सय पुगेको उहाँले बताउनु भयो । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३७ जना उपचाररत रहेको उहाँले बताउनु भयो ।