तिनवटा स्थानीय तहमा ७९ लाख ६५ हजारको राहत वितरण – Karnali News

तिनवटा स्थानीय तहमा ७९ लाख ६५ हजारको राहत वितरण

 ३० जेष्ठ २०७८, आईतवार २०:२४  

नौरते नेपाली, जेष्ठ ३० जुम्ला
सिंजा क्षेत्रका तिनवटा स्थानीय तहका कोभिड प्रभावित ५ सय ९० घरपरिवारलाई राहत वितरण कार्य सुरु गरिएको छ । नितवटा स्थानीय तहका ५ सय ९० परिवारलाई प्रतिघर १३ हजार ४ सय ९७ रूपैयाँका दरले ७९ लाख ६५ हजार बराबरको राहत वितरण सुरु भएको हो ।
आर्थिक अवस्था कमजोर भएका विपन्न, एकल महिला, दलित र अपाङ्ग व्यक्तिलाई राहत वितरण सुरु गरिएको हो ।

प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग, किर्डाक नेपाल जुम्लाको साझेदारी र तिनवटा स्थानीय तहसँगको समन्वयमा राहत वितरण कार्य सुरु भएको छ । हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका ५ सय ९० घरपरिवारले झण्डै २ महिना खान पुग्ने खाद्यन्न उपलब्ध भएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमवहादुर शाहीले जानकारी दिनुभयो ।

हिमाका २ सय २०, सिंजाका २ सय र कनकासुन्दरीका १ सय ७० परिवारले राहत पाउने उहाँको भनाइ छ । जिल्ला संयोजक शाहीका अनुसार आईतबारका दिन मात्रै कनकासुन्दरी ७ र ८ का ६०, हिमाका ३१ र सिंजा गाउँपालिकाका ३५ घरपरिवारलाई राहत वितरण गरिएको बताउनु भयो ।

चामल मसिनो ७५ केजि, दाल मसुरो २० केजि, तोरिको खानेतेल ६ लिटर, चना ७ केजि, रातो सिमि ६ केजि, सेतो केराउ ६ केजि, चिनि ६ केजि, आयोडिन नुन ७ केजि र हातधुने साबुन १८ पिस प्रति घरपरिवारलाई राहत वितरण गरिएको शाहीले बताउनु भयो । वडाको सिफारिसका आधारमा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई राहत दिइएको उहाँको भनाइ छ ।

वडाले सिफारसि गरि पठाएका घरपरिवारलाई अनलाईमा नाम दर्ता गर्दे राहत वितरण कार्य सुरु गरिएको उहाँको भनाइ छ । पहिलो पटक सम्बन्धित स्थानमै राहत पाउने नागरिकको नाम अनलाईनमा इन्ट्रि गरिएको शाहीले बताउनु भयो । किर्डाकले यो अभ्यास पहिलो पटक गरेको हो ।

शाहीका अनुसार राहतका नाममा हुने अनियमितता रोक्न र वडाले सफासिर गरि पठाएका वास्तविक परिवारले राहत पाउन भन्नको लागि यो स्टिमको सुरुवात गरिएको बताउनु भयो । राहत पाउने नागरिकको नाम तिन ठाउँमा रुजु गरि हातमा टोकलन प्राप्त भएका व्यक्तिलाई राहत दिने व्यवस्था गरिएको उहाँले जानकारी गराउनु भयो ।

विगतमा राहत वितरण गर्दा समस्या भएकाले यो पटक त्यस्तो समस्या नहोस भनेर टोकन स्टिम लागु गरिएको जिल्ला संयोजक शाहीले बताउनु भयो । कोरोना कहरका बेला काम गरिखाने नागरिकलाई समस्या नहोस भनेर राहत वितरण गरिएको उहाँले बताउनु भयो । किर्डाक नेपालका अधिकृत किशोरसिंह रावतका अनुसार दुःखको बेला नागरिकको सारथी हुनु पर्ने बताउनु भयो ।

अरुबेला दिएको राहत र यो बेला दिएको राहतमा धेरै फरक रहेको उहाँको भनाइ छ । अरुको काम नगरि साँझ र विहान चुलोमा खाना नपाक्ने परिवारलाई लक्षित गरि राहत वितरण भएको रावतले बताउनु भयो । काम गरि खाने नागरिकलाई अतिआवश्यक पर्ने खाद्य सामाग्री वितरण गरिएको उहाँले जानकारी गराउनु भयो ।

राहत पाउनु भएका सम्झना दमाईका अनुसार लक डाउनको बेला खाद्यन्न दिने संस्था हाम्रा लागि भगवान भएको बताउनु भयो । अरुको काम नगरि खान नपुग्ने बताउँदै उहाँले गरिब र दिनदुखी नागरिकलाई सहयोग गर्ने संस्थालाई सँधै आइरहन अनुरोध गर्नु भयो । हातमुख जोर्न समस्या भएका बेला राहत पाउनु सौभाग्य भएको उहाँको भनाइ छ । यस्तै अर्का स्थानीय मुनबुजा दमाईले प्लान इन्टरनेश्नल नेपाल र किर्डाक नेपाल जुम्लालाई धन्यवाद दिनु भएको छ ।

दलित र गरिब नागरिकलाई गरेको सहयोग कहिले पनि भुल्न नसक्ने उहाँको प्रतिक्रिया छ । दुई महिना खान पुग्ने राहत दिएकोमा उहाँ खुसी हुनुहुन्छ । राहत वितरण कार्यमा पुग्नु भएका कनकासुन्दरी गाउँपालिका जुम्लाका उपध्यक्ष उर्मिला खत्री (भण्डारीले) संकटको घडीमा नागरिकको पिडामा मलहम् पट्टि लगाउने काम गरेकोमा सहयोगि दातालाई धन्यवाद दिनु भएको छ ।

स्थानीय तहसँगको समन्वयमा भएको राहत वितरणले कामगरी खाने वर्गको हित भएको उहाँको भनाइ छ । जनताको पक्षमा काम गर्ने प्लान इन्टरनेश्नल नेपाल र किर्डाक नेपाल जुम्लालाई आउँदा दिनमा विकास निर्माण र नागरिकको पक्षमा काम गर्न उहाँले अनुरोध गर्नु भएको छ । हिमा गाउँपालिका जुम्लाका अध्यक्ष रजवहादुर शाहीले किर्डाक नेपाल जुम्लाले गरेको काम सकरात्मक र नागरिकको पक्षमा रहेको बताउनु भयो ।

आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरि उपलब्ध गराएको राहतबाट गाउँपालिका खुसी भएको उहाँको भनाइ छ । गत वर्ष आफै राहत वितरण गरेको जानकारी गराउँदै अध्यक्ष शाहीले यो पटक स्थानीय सरकारले गर्ने काम गैर सरकारी संस्थाले गरेकोमा किर्डाकलाई आभार प्रकट गर्नु भएको छ ।

राहत वितरण मात्रै होइन उहाँले भन्नुभयो विकास निर्माणको कार्यमा साझेदारी गर्न पनि तयार रहेको बताउनु भयो । हिमा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष मुनवहादुर बुढा स्वयम राहत वितरणमा खट्नु भएको छ । दाताले दिएको राहतलाई तलमाथि हुन नदिन र वास्तविक नागरिकले राहत पाउन भन्नको लागि आफै राहत वितरणमा खटिएको उहाँको भनाइ छ ।

वडा भित्रका आर्थिक अवस्था कमजोर भएका एकल महिला, दलित र शारिरीक अवस्था कमजोर भएका नागरिकले राहत पाएकोमा आफु खुसी भएको बुढाले बताउनु भयो । कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष धनजित रोकायाका अनुसार दातृ निकायको सहयोगमा वडाका नागरिकले पाएको राहत उत्कृष्ट र गुणस्तरीय रहेको बताउनु भयो ।

राहतका नाममा जनतालाई भुलाउने काम विगतमा भएको बताउँदै रोकायाले प्लान इन्टरनेश्नल नेपाल र किर्डाक नेपाल जुम्लाले उपलब्ध गराएको राहत गुणस्तरीय रहेको बताउनु भयो । यस्तै वडा नम्बर ८ का वडाध्यक्ष रत्नलाल उपाध्यायले विपन्न नागरिकका लागि आवश्यक पर्ने सबै खाद्यन्न उपलब्ध भएको बताउनु भयो ।

प्लान इन्टरनेश्नल नेपालको बाल प्रयाजित कार्यक्रममा सहभागि परिवारले राहत पाएको उहाँको भनाइ छ । राहत वितरण कार्य पारदर्शि भएको उपाध्यायको भनाइ छ । किर्डाक नेपाल जुम्लाले राहत वितरण कार्यलाई व्यवस्थित, मर्यादित र पारदर्शि गरेको उहाँले बताउनु भयो । गत वर्ष किर्डाक नेपाल जुम्लाले लक डाउनमा परि समस्या भएका विपन्न परिवारलाई प्रति घरधुरीलाई २७ सय ३० रुपैयाँ नगद वितरण गरेको थियो ।