
नौरते नेपाली, जेष्ठ २८ जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा थप एकजना कोरोना संक्रमित महिलाको विहिबार ज्यान गएको छ । जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर १ राकागाउँ निवासी वर्ष ३४ का लाटि नेपालीको ज्यान गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रवक्ता डाक्टर रमेश भट्टाइले जानकारी गराउनु भयो ।
उपचारका लागि विहिबार मात्रै प्रतिष्ठानमा आउनु भएको उहाँलाइ एन्टिजेन परिक्षण गर्दा कोरोना देखिएको र तत्कालै उपचार गर्न खोजे पनि मुटु रोगि भएकाले बचाउन नसकिएको उहाँले बताउनु भयो । ज्वरो आएको र लामो समयदेखि मुटुको समस्या भएकाले भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दे उहाँको निधन भएको भट्टराइले बताउनु भयो । हालसम्म जुम्लाका ४ जना नागरिकले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् । यो सँगै सुर्खेतका १, कालिकोटका दुई जना गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ जनाको कोरोनाको कारणले ज्यान गइसकेको भट्टराइको भनाइ छ ।
यसैगरि जुम्लामा विहिरबासम्मको तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या ५ सय ७४ पुगेको छ । कोरोना संक्रमित मध्ये २ सय ९१ जनालाई निको भएर घरफर्किएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताउनु भयो । विहिबारका दिन ५३ जनाको पिसिआर परिक्षण गर्दा २९ जनाको रिपोर्ट पोजेटिभ र २४ जनाको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनु भयो । यस्तै २५ जनाको एन्टिजेन परिक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ र अन्य १५ जनाको रिपोर्ट नेगेटिभ आएको चौलागाईले बताउनु भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २७ जना उपचारतार्थ रहेका छन् ।