कैदिबन्दिको कोरोनाले गर्दा ज्यान गयो – Karnali News

कैदिबन्दिको कोरोनाले गर्दा ज्यान गयो

 २४ जेष्ठ २०७८, सोमबार १८:१३  

नौरते नेपाली, जेष्ठ २४ जुम्ला
जिल्ला कारागार जुम्लामा करणी केसमा कैद भुक्तान गरि रहनु भएका एक जना कैदिबन्दिको कोरोनाको कारणले ज्यान गएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई रहनु भएका तिला गाउँपालिका वडा नम्बर १ का ७७ वर्षका वृद्धको कोरोनाले गर्दा सामेबारका दिन ज्यान गएको हो ।

करणी केसमा कैदिजीवन भोगि रहनु भएका मृतक वृद्धलाई स्वास्थ्यमा समस्या आएपछि जेठ १५ गतेका दिन प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । २२ र २३ गतेका दिन आसियुमा राखेर उपचार गर्दा पनि संभवन नभएपछि कोरोना संक्रमित वृद्धको ज्यान गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रवक्त डाक्टर रमेश भट्टराइले जानकारी दिनुभयो ।

उहााका अनुसार हालसम्म जुम्लामा कोरोनाको कारण ज्याउन गुमाउनेको संख्या ६ पुगेको बताउनु भयो । त्यस मध्ये जुम्लाका मात्रै ३ जनाले कोरोनाका कारण ज्यान गुमाई सकेका छन् । यो भन्दा पहिले हिमा गाउँपालिका ७ का ५७ वर्षिय पुरुष र गुठीचौर ३ का ७० वर्षिय महिलाको कोरोनाले गर्दा ज्यान गइ सकेको छ ।

जुम्लामा सोमबारसम्मको तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या ५ सय ५ पुगेको छ । कोरोना संक्रमित २ सय ९१ जनालाई निको भएर घरफर्किएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताउनु भयो । आईतबारका दिन ४१ जनाको पिसिआर परिक्षण गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ र ३३ जनाको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनु भयो ।

यस्तै १३ जनाको एन्टिजेन परिक्षण गर्दा १ जनाको रिपोर्ट पोजेटिभ र अन्य १२ जनाको रिपोर्ट नेगेटिभ आएको चौलागाईले बताउनु भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३४ जना उपचारतार्थ रहेका छन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएदेखि जुम्लामा संक्रमणबाट ३ जनाको मृत्यु भएको प्रशासनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

यसैगरि, जुम्लाको कारागारका १५ जना कैदिबन्दिलाई कोरोना संक्रमण देखिएको छ । कैदिबन्दिमा ज्वरो र खोकी लाग्ने भएपछि स्वाब संकलन गरी शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आरटी पिसिआर परीक्षण गर्दा उनिहरुमा कोरोना संक्रमण देखिएको हो ।

कारागार भित्रका दुई महिला र १ सय २१ पुरुष गरि १ सय २३ जना कैदिबन्दि मध्ये १५ जना पुरुषलाई कोरोना संक्रमण देखिएको जेलर गयाप्रसाद पाण्डेले बताउनु भयो । संक्रमितलाई कारागार भित्रै छुट्टै आइसोलेट गरिएको कारागार कार्यालय जुम्लाले जनाएको छ ।