२७ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण – Karnali News

२७ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण

 २१ जेष्ठ २०७८, शुक्रबार १७:२०  

नौरते नेपाली, जेष्ठ २१ जुम्ला
जुम्लाका गैर सरकारी संस्थाले कोरोना माहामारीलाइ न्युनिकरण गर्र्न महत्वपूर्ण भूमिका खेलेका छन् । अक्सिजन सिलिण्डर देखि स्वास्थ्य सामाग्री सहयोग गरेर माहामारीलाइ न्युनिकरण गर्न महत्वपूर्ण भूमिका खेलेका हुन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई जुम्लाका क्रियासिल गैर सरकारी संस्थाहरुले लाखौँ रुपैयाँको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

प्लाइन इन्टरनेश्नल नेपालसँगको साझेदारीमा जुम्लामा काम गर्ने किर्डाक नेपाल, क्याड नेपाल र सेडा नेपाल जुम्लाले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई २७ लाख ६१ हजार ६ सय ९ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । प्लाइन इन्टरनेश्नल नेपालको सहयोगमा साझेदार गैर सरकारी संस्था मार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

७ सय १० थान पिपिसेट, ४ सय १४ बोतल र १ सय २० गेलेन सेनिटाईजर, एनए ९५ माक्स ७ सय पीस, सर्जिकल मास्क १५ सय बक्स, थर्ममिटर ५५ पिस, फेससील १२ सय ५० पीस, गलब्स ९६ प्याकेट, सर्जिकल गलब्स ५० बक्स, किटाणु मार्ने औषधि ७४ गेलेन, स्पेयर ट्रयाङ्ग १५ पिस र सेनिटरी प्याड २ सय ५० प्याकेट स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमवहादुर शाहीले जानकारी दिनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्नको लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति मार्फत तिनवटा स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको उहाँको भनाइ छ । एकद्धार प्रणालीमार्फत जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।

संकटको बेला नागरिको जीउ ज्यानको सुरक्षा गर्नको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको शाहीले बताउनु भयो । उहाँका अनुसार किर्डाक नेपाल जुम्लाले हरेक विपद्मा सहयोग गर्दे आएको स्मरण गराउदै कोरोना कहरका बेला पनि चुप लागेर बस्न नसेको बताउनु भयो । जुम्लाको विकास निर्माण, सामाज परिवर्तन र नागरिकको जीवनस्तर सुधार गर्ने मामिलामा किर्डाक नेपाल दिल खोलेर सहयोग गर्न तयार रहेको जिल्ला संयोजक शाहीको भनाइ छ ।

कनकासुन्दरी गाउँपालिकालाई प्रमुख जिल्ला अधिकारी जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक भूपेन्द्र थापाले स्वास्थ्य सामाग्री बुझाई सक्नु भएको छ । १ सय थान पिपिइ सेट लगायतका दर्जन बढी स्वास्थ्य सामाग्री बुझाई सकेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भयो । अग्र मोर्चामा खटिएर काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षाका लागि गैर सरकारी संस्थाले गरेको सहयोगले कोरोनालाई परास्त गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

सरकारसँगको साझेदारीमा स्थानीय गैर सरकारी संस्थाले गरेको सहयोगले कोरोना जित्न सहज हुने थापाले बताउनु भयो । गैर सरकारी संस्थाले उपलब्ध गराएको स्वास्थ्य सामाग्री आवश्कयताका आधारमा अन्य स्थानीय तहमा वितरण गर्न सकिने प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भयो । उहाँका अनुसार जोखिम बढी भएको स्थानीय तहलाई पहिलो प्राथमिकता राखेर स्वास्थ्य सामाग्री उपलब्ध गराई जानकारी दिनुभयो ।

स्वास्थ्य सामाग्री बुझ्दै कनकासुन्दरी गाउँपालिका जुम्लाका अध्यक्ष नरविर रावतले प्लान इन्टरनेश्नल नेपालको सहयोगमा उपलब्ध भएको स्वास्थ्य सामाग्रीले कोरोना जित्न सहयोग पुग्ने बताउनु भयो । कोरोनाका विरामीको उपचारमा स्वास्थ्य सामाग्रीले थप सहयोग पुग्ने अध्यक्ष रावतले जानकारी गराउनु भयो ।

उहाँका अनुसार गाउँपालिकाको स्रोत साधनले सबै स्वास्थ्य सामाग्री खरीद गर्न अपुग भएको बेला स्थानीय गैर सरकारी संस्थाले दिल खोलेर गरेको सहयोगलाई धन्यवाद दिनु भएको छ । सेडा नेपाल जुम्लाका कोषाध्यक्ष मीनवहादुर थापाले प्लान इन्टरनेश्नल नेपालसँगको साझेदारीमा जुम्लामा काम गर्दे आएका संस्थाहरुले तिनवटा स्थानीय तहलाई लक्षित गरि स्वास्थ्य सामाग्री जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको बताउनु भयो ।

कोरोनाको दोस्रो भेरियन्टबाट जुम्लामा धेरै नागरिक संक्रमित भएकाले अरुलाई संक्रमण हुनबाट बचाउन स्वास्थ्य सामाग्री सहयोग गरेको उहाँका भनाइ छ । थापाका अनुसार आइसोलेसनमा बसेका महिला तथा किशोरीका लागि महिनावरी भएको बेला प्रयोग गर्न मिल्ने सेनिटरी प्याड पनि उपलब्ध गराईएको बताउनुभयो । उहाँका अनुसार महिनावरीलाई व्यवस्थापन गर्ने उद्देश्य सेनिटरी प्याड पनि सहयोग गरिएको उहाँको भनाइ छ ।