कोरोना सक्रिय संक्रमितको संख्या ४ सय २८ पुग्यो – Karnali News

कोरोना सक्रिय संक्रमितको संख्या ४ सय २८ पुग्यो

 १८ जेष्ठ २०७८, मंगलवार ०७:४२  

एनिशा हमाल, जेष्ठ १७ जुम्ला
जुम्लामा हाल सम्म कोरोना सक्रिय संक्रमितको संख्या ४ सय २८ पुगेको छ । सोमबार मात्रै २० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४ सय २८ पुगेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार ४४ जनाको पिसिआर परिक्षण गर्दा ६ जनामा पोजेटिभ र ३८ जनामा नेगेटिभ देखिएको उहाँले बताउनु भयो । त्यस्तै २४ जनामा एन्टिजेन परिक्षण गरिएकोमा १४ जनामा पोजेटिभ र १० जनाको रिर्पोट नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो । सोमबारका दिनमा मात्रै ८ जनाले कोरोना जितेर घर फर्किएको थापाले बताउनु भयो ।

उहाँका अनुसार कोरोना जित्नेको संख्या दुइ दिन यताको धेरै हो । सोमबार थप ८ जना निको भएसंगै कोरोना जित्नेको संख्या १ सय ८९ पुगेको थापाले बताउनु भयो । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २९ जना उपचाररत रहेको उहाँले जानकारी दिनुभयो ।