
नौरते नेपाली, जेष्ठ १४ जुम्ला
विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले सिंजा गाउँपालिकाले बाख्रा वितरण गरेको छ । वडा नम्बर ६ का १ सय ३३ जना किसानलाई गाउँपालिकाले बाख्रा वितरण गरिएको हो । बाख्रा पालन व्यवसाय गर्दे आइरहेका किसानहरुको व्यवसायमा थप सहयोग गर्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनु भयो ।
उहाँका अनुसार आधुनिक किसानलाई बाख्रा वितरण गरिएको हुनाले आयआर्जनमा वृद्धि हुने विश्वास लिएको बताउनु भयो । बजारमा मासुको माग बढ्दै गएको कारण बाख्रा पालन व्यवसाय विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष रावलले सुनाउनु भयो ।
अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष रावलले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गर्नु भएको छ । बाख्रा हस्तान्तरण गर्दै रावलले भन्नुभयो, अनुदानमा पाएको बाख्राको स्याहार सुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।
विपन्न किसानलाई गाउँपालिकाले बाख्रा उपहार दिएकोले व्यवसायलाई वृद्धि गर्दे वडा नम्बर ६ लाई बाख्रा पकेटका रुपमा विकास गराउने गाउँपालिकाको योजना रहेको अध्यक्ष रावलले सुनाउनु भयो । र्सिजा गाउँपालिकाको वडा नम्बर ६ बाख्रा पालनका लागि उपयुक्त वातावरण भएकाले किसानलाई बाख्रा वितरण गरिएको उहाँको भनाइ छ ।
व्यावसायिक रुपमा बाख्रापालन पेशालाई अघि बढाउन बाख्रा वितरण गरिएको रावलले जानकारी गराउनु भयो । बाख्रापालनका लागि भूगोल र हावापानी उपयुक्त ठहर गर्दै गाउँपालिकाले छनौट गरेर वडा नम्बर ६ का १ सय ३३ जना किसानलाई बाख्रा उपलब्ध गराईएको अध्यक्ष रावलले बताउनु भयो । गाउँपालिकाले वितरण गरेको बाख्रा दुहुना हुने भएमा वडामा रहेका बालबालिकाको कुपोषको दर घटाउने उद्देश्यले गाउँपालिकाले लिएको छ ।