
नौरते नेपाली, जेष्ठ १२ जुम्ला
कोरोनाको दोस्रो लहर बढेसँगै चन्दननाथ नगरपालिका जुम्लाले उद्योग वाणिज्य संघ जुम्लाको हलमा २५ बेडको आइसोलेसन तयार पारेको छ । होम आइसोलेसनमा बस्न नसक्ने कोरोना सङ्क्रमित नगरवासिका लागि नगरपालिकाले २५ बेडको आइसोलेसन तयार पारेको नगर प्रमुख कान्तिका सेजुवालले जानकारी दिनुभयो ।
आइसोलेसन निर्माण गरिएको स्थानमा ओढ्ने, ओछ्याउने, तकिया, तन्ना, साबुन, रुमाल, दन्तमन्जन लगायतका आवश्यक सबै सामान राखिएको उहाँको भनाइ छ । गम्भीर खालका बाहेक अन्यलाई आइसोलेसनमा राखेर उपचार गर्न सकिने उहाँको भनाइ छ । आईसोलेसन स्थलमा भित्र बत्ति, टेलिभिजन, ईन्टरनेट, सर्वसुलभ शौचालय, खाना, नास्ताको व्यवस्था, सफा र स्वच्छ वातावरण, स्वस्थ्य सुरक्षाका साम्रागीहरु, डाक्टर र स्वास्थ्यकर्मीको निकरानि लगायतका आधारभूत कुराहरुको व्यवस्था गरिएको सेजुवालले बताउनु भयो ।
उहाँका अनुसार संक्रमित भएर घरमा बसेकाहरुलाई आइसोलेसनमा आएर बस्न आग्रह गर्नु भएको छ । नगरपालिकामा कोरोनाबाट हालसम्म १ सय ३९ जना संक्रमित भएका छन् । त्यस मध्ये ७७ जना निको भएर घरफर्कि सकेको नगर प्रमुख सेजुवालले बताउनु भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा १२ जना रहेका छन भने होमआइसोलेसनमा ४६ जना रहेका छन् ।
घरमा बस्दा कोरोनाको संक्रमण फैलिने भएकाले नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा आएर बस्न मेयर सेजुवालले अनुरोध गर्नु भएको छ । उद्योग वाणिज्य संघ जुम्लाको सभाहलमा तत्कालका लागि २५ जनालाई राख्न सकिने आईसोलेसन बेड तयार गरिएको सेजुवाले बताउनु भयो ।
आईसोलेसन तयारीमा सहयोग, समन्वयमा र सहकार्य गर्ने जुम्ला उद्योग वाणिज्य संघ जुम्ला, समन्वयकारी भूमिका निर्वाह गर्ने जिल्ला प्रशासन कार्यालय जुम्ला, जनस्वास्थ्य सेवा कार्यालय जुम्ला, डाक्टर उपलब्ध गराउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सुरक्षाकर्मीको व्यवस्थापन गर्ने जिल्ला प्रहरी कार्यालय जुम्ला, स्वास्थ्य सुरक्षाका साम्रागीहरु उपलव्ध गराउने SNV Nepal,Unicef Nepal बत्ति उपलब्ध गराउने रोयल होटल जुम्ला, वडा नं ५ वडा कार्यालय, सबै वडाहरू, नगरपालिका कर्मचारीहरु सबैलाई सेजुवालले धन्यवाद दिनु भएको छ ।
साथै उहाँले कोरोना मुक्त नगरपालिका बनाउनको लागि लकडाउनको पुर्ण पालना गर्न आग्रह पनि गर्नु भएको छ । कोरोना संक्रमित भएका व्यक्तिहरुलाई सकभर छुट्टै घरमा बस्न र घरमा राम्रो व्यवस्था नभए आईसोलेसनमा आएर बस्न उहाँले आग्रह गर्नु भएको हो । संक्रमित भएका विरामीलाई स्वास्थ्य कर्मी तथा सुरक्षा कर्मीले दिएको सुझाव ग्रहण गर्न र कोरोना संक्रमणबाट आफु, आफ्नो टोल, गाउँ, जिल्ला अनि देशलाई नै जोगान उहाँले अपिल पनि गर्नु भएको छ ।
विश्व समुदायमा कोरोनाको कहर रहेको बेला तपाईको सानो सहयोगले ठुलो योगदान हुने भएकाले संक्रमितलाई हेलचक्र्याई नगरी दिन सेजुवालले अनुरोध पनि गर्नु भएको छ । आइसोलेसनमा बस्ने संक्रमितका लागि समय काट्न सजिलो होस भनेर इन्टरनेट र टेलिभिजन पनि जडान गरिएको उहाँको भनाइ छ