वडाबासिलाई स्वास्थ्य सामाग्री वितरण – Karnali News

वडाबासिलाई स्वास्थ्य सामाग्री वितरण

 १२ जेष्ठ २०७८, बुधबार १०:२९  

एनिशा हमाल, जेष्ठ १२ जुम्ला
खेतपातिमा सहभागि हुने नागरिकलाई कोरोनाबाट बच्नको लागि चन्दननाथ नगरपालिका वडा नम्बर ६ ले सबै नागरिकलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । प्रत्येक घरलाई एक प्याकेट मास्क र एक डिब्बा सेनिटाईजर वितरण गरेको हो । रोपाईको सिजन चलेको बेला भिडभाड हुने भएकाले स्वास्थ्य सामाग्री वितरण गरिएको वडाध्यक्ष अजवहादुर रावलले जानकारि दिनुभयो ।

काम गर्न जाने किसानहरूलाई मास्क र सेनिटईजर वितरण गरिएको उहाँको भनाइ छ । अध्यक्ष रावलका अनुसार काममा जाने किसानहरूलाई सामाजिक दुरि कायम गर्न र मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिईएको जानकारि गराउनु भयो । वडा भित्रका रहेका ३ सय ५० घरपरिवार, प्रहरी चेक पोष्ट, संघ संस्था र ६ नम्वर वडा भित्रका घर भाडामा बस्दै आएका ५० घर गरी जम्मा ४ सय घरपरिवारलाई स्वास्थ्य सामाग्री वितरण गरिएको वडाध्यक्ष रावलले जानकारी दिनुभयो ।

कोरोनाबाट बच्नका लागि सबै नागरिकहरु सतर्क रहन अध्यक्ष रावलले अपिल गर्नु भएको छ । उहाँका अनुसार वडाका सम्पुर्ण नागरिकहरुलाइ मुख्य तय सरसफाइमा ध्यान दिन समेत सुझाव दिनु भएको छ । यस्तै ६ नम्वर वडाका वडा सचिव प्रेमानन्द न्यौपानेका अनुसार वडा भित्र रहेका र घर भाडामा बस्नेलाई स्वास्थ्य सामाग्री बितरण गरिएको जानकारी गराउनु भयो ।

सचिव न्यौपानेका अनुसार वडामा कोरोना भाइरसको फैलावटलाई रोकथाम गर्नको लागि स्वास्थ्य सामाग्री वितरण गरिएको हो । दोस्रो लहरको कोरोनाबाट बच्नका लागि वडाबासिलाई स्वास्थ्य सामाग्री वितरण गरिएको सचिव न्यौपानेले जानकारी गराउनु भयो । उहाँका अनुसार हाल सम्म वडा भित्र ११ जना कोरोनाका सक्रिय संक्रमित रहेको बताउनु भयो ।

सबै संक्रमितहरु अहिले होम आइसोलेसनमा बसेको उहाँको भनाइ छ । होम आइसोलेसन बसेका सक्रिय संक्रमितहरुलाइ पनि स्वास्थ्य सामाग्री वितरण गरिएको उहाँले बताउनु भयो । वडामा रहेका सक्रिय सङ्क्रमितहरुलाइ चन्दननाथ नगरपालिकाको आर्थिक सहयोग र ६ नम्वर वडाको समन्वयमा संक्रमितहरुलाइ अण्डा, चना, च्यावनप्रास र हर्लिक्स लगायतका सामाग्री बितरण गरिएको उहाँले जानकारी गराउनु भयो ।