
नौरते नेपाली जेष्ठ १२ जुम्ला ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराइरहेका एक जना संक्रमितको मृत्यु भएको छ । जुम्ला हिमा गाउँपालिका ७ निबासी ५७ बर्षिय एक पुरुषको मृत्यु भएको हो । दम रोगले ग्रसित उहाँ जेठ महिनाको ९ गते अस्पतालमा भर्ना हुनु भएको थियो ।
कोरोनो पोजेटिभ देखिएपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइराखेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले कर्णाली अस्पतालमा उपचार गराइरहेका ५७ बर्षिय संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो । दम रोगले ग्रसित ५७ बर्षिय बिरामी सिकिस्त अवस्थामा अस्पताल ल्याईएको थियो ।
भेण्टिलेटरमा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको उहाँको भनाइ छ । प्रवक्ता भट्टराईका अनुसार बुधबार विहान साढे ५ बजेतिर संक्रमितको मृत्यु भएको हो । अहिले एक जना कालिकोटको संक्रमितकोको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
यसअघि कर्णाली अस्पतालमा उपचार गराइरहेका कालिकोट तिला गुफाका २ जना र सुर्खेतको चौकुने गाउँपालिका १० घर भइहाल कालिकोटमा व्यवसाय गर्दे आउनु भएको एक जना गरि तीन जनाको मृत्यु भइसकेको छ । हालसम्म कोरोना संक्रमित भएकाहरु मध्ये मृत्यु भएको पहिलो घटना हो । यो भन्दा पहिले जुम्लामा कोरोनाका कारण मृत्यु भएको थिएन ।