नौरते नेपाली, जेष्ठ ९ जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर १० निवासी तथा कालिकोटमा होटल व्यवसाय गर्दे आउनु भएका वर्ष ३८ का जगत बहादुर शाहीको उपचारको क्रममा आईतबार विहान मृत्यु भएको हो ।
होटल ब्यवसायि संघका कालिकोटका सदस्य शाहीको उपचारको क्रममा निधन भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका सूचना अधिकारी डाक्टर रमेश भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख महिनाको ३१ गतेका दिनबाट मृतक शाहीलाई प्रतिष्ठानको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी गराउनु भयो ।
भेन्टिलेटरमा राखेर पनि स्वास्थ्यमा सुधार नहुँदा आईतबार विहान ५ बजेर ५५ मिनेटमा उहाँको निधन भएको हो । कोरोना संक्रमित शाहीलाई बचाउन विभिन्न प्रयास भएपनि बचाउन नसकिएको उहाँको भनाइ छ । शाहीलाई कोरोनाको कडा लक्षण देखिएको हुनाले भेन्टिरलेटरमा रोखर उपचार गराउँदा पनि बचाउन संभव नभएको भट्टराईले बताउनु भयो ।
कालिकोट जिल्ला उपस्तालमा तिन दिन राखेर उपचार गराउदा पनि सुधार नहुँदा थप उपचारको लागि शाहीलाई वैशाख ३१ गतेका दिन प्रतिष्ठानमा ल्याईएको उहाँले जानकारी गराउनु भयो । शाहीलाई १० दिनसम्म प्रतिष्ठानको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
कोरोनाबाट ज्यान गुमाउनु भएका शाहीलाई चन्दननाथ नगरपालिका १ दानसाँघुमा नेपाली सेनाको शव व्यवस्थापन टिमले दाहा संस्कार गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निमित्त निर्देशक डाक्टर राजिब शाहले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाबाट ज्यान गुमाएका संक्रमितको शव व्यवस्थापन गर्ने जिम्मेवारी नेपाली सेनाले लिएको बताउनु बताउनु भयो ।