कालिकोटका कोरोना विरामीको प्रतिष्ठानमा मृत्यु – Karnali News

कालिकोटका कोरोना विरामीको प्रतिष्ठानमा मृत्यु

 २ जेष्ठ २०७८, आईतवार १८:३५  

नौरते नेपाली, जेष्ठ २ जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारको क्रममा कालिकोटका कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । प्रतिष्ठानको आईसियूमा रहेका कालिकोट तिलागुफा नगरपालिका ३ का ६७ बर्षीय सिंहबहादुर शाहीको मुत्यु भएको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले जानकारी दिनुभयो । उपचारको क्रममा कालिकोटको कोरोना विरामीको मृत्यु भएको उहाँको भनाइ छ ।

मृतक शाहीको कालिकोटमा उपचार हुन नसकेपछि थप उपचारको लागि जुम्लाको प्रतिष्ठानमा ल्याईएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिंहको उपचारको क्रममा मृत्यू हुने कोरोना संक्रमित पहिलो विरामी भएको रावलले बताउनु भयो । कर्णाली प्रतिष्ठानमा पिसिआरबाट संक्रमित हुनेको संख्या दुई सय १० जना पुगेका छन् । अहिले २७ जना विरामी भर्ना भएको उपकुलपति रावलले बताउनु भो ।

प्रतिष्ठानमा अहिले हुम्लाबाट एक जना र कालिकोटका एक जना विरामीको समेत उपचार भईरहेको छ । प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । जुम्ला अस्पतालमा हालसम्म संक्रमणले मृत्यु भएको थिएन । मृतक शाहीलाई उहाँकै जन्मथलोमा दाहा संस्कारका लागि लगिएको छ ।